
Pbu
Anm
Rbs
mbd
Sds
Ksm
Gisld
Gmk
Mbdvs

Rgu
Rgs
Vor
Rgu
Asm
Sls
Ksm
nsb
Gst
Wsp
Hal
Ssm
Pvg
Ggd
Sbs
Rsb
Bbbpu
Bbu
Tsm

sab
Gsb
Pls
Jmb
Mks
Rpp
Abd
Syp
Rmb
Bml
bbt
Jmb
Ptm
दाङ । नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन दाङमा हुने भएको छ । नेपाल मगर संघ दाङको आज घोराहीमा बसेको बैठकले आगामी माघ १८, १९, २० र २१ गते दाङको घोराहीमा १२ औँ महाधिवेशन गर्ने निणर्य गरेको हो ।
त्यस्तै नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय समिति सदस्य दर्जीत रोका मगरको प्रमुख आतिथ्यता एवम् नेपाल मगर संघ लुम्बीनी प्रदेशको प्रथम उपाध्यक्ष सीतलाल पुन मगरको विशिष्ट आथित्यतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । यस्तै बैठकमा प्रमुख अतिथि रोका मगरले दाङमा महाधिवेशन हुनु दाङका मगरहरुको लागि अवसर र चुनौती दुवै रहेको तर महाधिवेशन उपसमितिको आर्थिक संयोजक समेत आफूभएकोले महाधिवेशन भव्यताका साथ सफल हुने बताउनुभयो । उहाँले सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।
उक्त बैठकमा विशिष्ठ अतिथि सितालाल पुन मगरले दाङमा महाधिवेशन हुनुले सिंगो दाङकै पहिचान र मगर संस्कार संस्कृती र एकताको सन्देश देशव्यापीमात्र नभई विश्वमै पुग्ने बताउनु भयो ।
त्यस्तै बैठकले आगामी कात्तिक २५ गते देखी मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा सम्पूर्ण मगरहरुले आफ्नो थरपछि अनिवार्यरुपमा मगर लेख्न सबै मगरहरुलाई अनुरोध समेत गरेको नेपाल मगर संघका जिल्ला कार्य समितिका सदस्य प्रेम विवश घर्ती मगरले जानकारी दिनु भयो ।
बैठकको सहजीकरण सचिव मुक्त बुढामगरले गर्नु भएको थियो । बैठकमा जिल्लाका दशवटै पालिकाका मगर संघका अध्यक्ष तथा प्रतिनिधिले आगामी महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन सल्लाह सुझाव दिएका थिए ।
