शिबराज पन्थी/गढवा मंगलबार, भाद्र २९, २०७८

दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा गाउँपालिका स्तरीय वाल संजालको आयोजनामा देउखुरीको गढवामा विविध कार्यक्रमका साथ ५७ औं राष्ट्रिय वालदिवस सम्पन्न भएको छ ।

समृद्ध राष्ट्रको मूल आधार–सुरक्षा र मुस्कान सहितको वाल अधिकार भन्ने मुल नाराका साथ पालिका स्तरीय वाल संजालका अध्यक्ष निजाम खानको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौरीले वाल अधिकारको संरक्षण,संबर्धन र सदुपयोगकालागि गाउँपालिकाको तर्फबाट यथासक्य भूमिका निर्वाह गरिरहेको बताउदै अधिकार खोज्दा कर्तब्यलाई नविर्सन वालवालीकाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले वाल अधिकारको सुनिश्चितता आजको आवश्यकता भएको औंल्याउनु भयो । कार्यक्रममा जनता माध्यमिक बिद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव,संजालका संस्थापक अध्यक्ष जगधिश यादव लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा गत भाद्र २६ गतेदेखि सुरु भएको हाजिरी जवाफ,बक्तृत्वकला, कुर्सीदौड,भलिवल तथा फूटवल खेलमा उत्कृष्ट हुनेहरुलाई शिल्ड,कप र पुरस्कार वितरण गरिएको थियो । पुजा यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वाल संजालका सचिव अनिल सुनारले गर्नुभएको थियो । कार्यक्रमलाई प्रायोजन गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने अतिथीहरुलाई कार्यक्रममा मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]