
Nssbus7
Pbu
Gsbus
Jsbus
gms
Syees
syysr
Gsl
Rbs
Ddhbs
Bksbus5
Ratbs
Amb
dsbus
Csbus
Ssbus

Ssm
Hal
nsb
Rgs
Sls
Ksm
Ggd
Tsm
Bbu
Rsb
Pvg
Bbbpu
Wsp
Vor
Asm
Rgu
Gst
Rgu
Sbs

Gsb
Rpp
bbt
Rmb
sab
Mks
Syp
Jmb
Abd
Bml
Pls
Jmb
Ptm
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।
पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको छ ।
प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपानेलाई चयन गरिएको छ । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वालालाई चयन गरिएको छ । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।
यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई दिईएको छ ।
साथै पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
