
mbd
Mbdvs
Rbs
Pbu
Anm
Ksm
Gisld
Sds
Gmk

Sbs
Gst
Hal
Rgu
Rgs
Bbbpu
Tsm
Wsp
Sls
Asm
nsb
Rsb
Rgu
Ggd
Vor
Ssm
Ksm
Bbu
Pvg

Gsb
Syp
Jmb
Rpp
bbt
sab
Pls
Ptm
Jmb
Bml
Mks
Rmb
Abd
दाङ । यतिबेला नेपाली काङ्ग्रेस पार्टीको १४ औं महाधिवेशन संघारमा छ । कतै सर्बसम्मत पदाधिकारी चयन भएका छन् । कतै सर्बसम्मत सहमति गराउने प्रयास भैरहेको छ भने कतै सहमति जुट्न नसक्दा निर्वाचन हुने भएको छ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देउखुरीका चार वटा स्थानीय पालिकामा धेरै जसो वडाको वडा अधिबेशन सकिएको छ ।
राजपुर गाउँ पालिकाका ४, ५, ६, र ७ मा पनि सर्बसम्मत रुपमा सहमति जुटेको छ भने अन्य वडामा छलफल भैरहेको छ।
गढवा गाउँपालिकाको १, २, ३, ५, ६, र ८ मा पनि अधेबेशंका लागि सहमति जुति सकेको छ भने अन्य वडाहरुमा निर्वाचन हुने पक्कापक्की भएको नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । राप्ती गाउँपालिकाको ३, ५, ६, ७, ८ र ९ नम्बर वडामा सहमति भएको र अन्य वडाहरुमा निर्वाचनको लागि तयारि भैरहेको बुझिएको छ।
आइतवार लमही नगरपालिका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को वडा अधिवेशन सर्बसम्मत रुपमा सम्पन्न भएको छ । वडा नम्बर ९ को वडा सभापतिमा लिलाधर खड्का दोहोरिएका छन् भने वडा नम्बर १ मा निर्वाचन हुने भएको छ ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर ९ मा क्षेत्रीय प्रतिनिधिका लागि खुल्लाबाट केशर बहादुर पछाई शेखर , गुरु प्रसाद केसी, सिताराम केसी, भेष बहादुर केसी रमेश, तेजमणी ज्ञवाली,पुर्ण बहादुर बस्नेत र ओम प्रकाश बस्नेत, महिलाबाट मुन्नी विक, कलसी चौधरी र इश्वरा पछाई, थारु पुरुषबाट श्रीराम चौधरी र जंग बहादुर चौधरी, थारु महिलाबाट शान्ती चौधरी, महिला कोटाबाट देबीमाया थापा, दलितबाट पुर्ण प्रकाश विश्वकर्मा (प्रिया स्मृती गजमेर), अपांग बाट दिल बहादुर केसी ( प्रिया स्मृती ढकाल), जनजातीबाट प्रेम बहादुर घर्ती, मधेसीबाट जगदीश प्रसाद दुबेदी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको मतदान अधिकृत डिल्ली भण्डारीले जानकारी दिए ।
क्षेत्रीय प्रतिनिधिका लागि निकै सौहार्द पुर्ण बाताबरणमा सहमति भएको मतदान अधिकृत भण्डारीले भने । निर्वाचित सबैलाई आइतवार नै प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै वडाको अधिबेशन सहमति अनुशार भएकोले वडा नम्बर ९ मा अझै पनि नेपाली काङ्ग्रेस एक ढिक्का भएको संदेश दिएको वडा सभापति लिलाधर खड्काले बताए । हामीले पार्टीलाई मजबुत बनाएर लैजानका लागि कटिबद्ध छौं”- खड्काले भन्नु भयो ।
