
gms
Pbu
Nssbus7
Syees
Amb
Gsl
Csbus
Ratbs
Ssbus
syysr
Ddhbs
dsbus
Gsbus
Rbs
Jsbus
Bksbus5

Rsb
Wsp
nsb
Hal
Sbs
Asm
Vor
Tsm
Rgs
Bbu
Gst
Ksm
Bbbpu
Ggd
Pvg
Sls
Ssm
Rgu
Rgu

Bml
Jmb
Abd
Jmb
Gsb
Rmb
Pls
bbt
Rpp
sab
Syp
Mks
Ptm
दाङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा पार्टीका लुम्बिनी कमिटी अध्यक्ष असोककुमार यादवले अब आउने चुनाबमा दाङको राप्ती गाउँपालिका जसपाको कब्जामा आउने बताएका छन् ।
जनता समाजबादी पार्टी नेपाल राप्ती गाउँपालिकाको शनिबार देउखुरीको घण्टदेव सामुदायिक वन समूहको कार्यालय प्रङ्गाण मसुरियामा भएको दोस्रो गाउँ भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य यादवले पछिल्लो समयमा देशैभर जसपामा प्रबेशको लहर बढेको बताउँदै उनले राप्ती गाउँपालिकामा पनि पार्टीमा आकर्षण बढेकोले अब हुने चुनाबमा पुराना शक्ति परास्त हुने र गाउँपालिका सहित सबै वडा जसपाको कब्जा भई सिङ्गो गाउँपालिका नै जसपामय हुने दाबी गरे ।
भेलालाई प्रमुख अतिथीको आसनबाट बोल्दै केन्द्रिय सदस्य यादवले सबै जाति र भाषाको संरक्षण गर्न सकेमात्र राष्ट्रियता बलियो हुने बताए । उनले अब देशमा संसदीय व्यवस्था फेल भइसकेकोले हाम्रो पार्टीले त्यसको विकल्प स्वरुप हाम्रो पार्टी जसपाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बिकल्प नभएको बताए । उनले जसका लागि सबै जाति, समुदाय र वर्ग एक ढिक्का भए मात्र यो मुलुकमा बैकल्पिक राजनिति सफल हुने बताए ।
अब यो मुलुकमा पुराना राजनितिकदलबाट पुरानै शैलीमा शासन चलाउने व्यवस्थाको औचित्य छैन केन्द्रिय सदस्य यादवले भने । यादवले अब पार्टीलाई देशैभर थप बलियो र मजबुट बनाउन प्रत्येक पालिकाको इन्चार्जमा केन्द्रिय सदस्य र वार्ड इन्चार्जमा प्रदेश कमिटी सदस्यलाई जिम्मेवारी दिने पार्टीले निति बनाएको समेत बताए ।
जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका अध्यक्ष गिरबहादुर जिएमको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गदै पार्टीका केन्द्रिय तथा लुम्बिनी प्रदेश कमिटीका मुख्य सचिव यज्ञ पोख्रेलले देशमा अब कम्युनिष्ट र काँग्रेस जस्ता पुराना बिचार र चिन्तन भएका शक्तिहरुबाट मुलुकले निकास पाउने अवस्था नदेखेपछि बैकल्पिक राजनितिक शक्तिका रुपमा जसपाको जन्म भएको बताए ।
कार्यक्रमको बिशिष्ट अतिथीको आसनबाट बोल्दै केन्द्रिय सदस्य पोख्रेलले संघियता, सुशासन, संबृद्धि र समाजबाद जसपाको मुख्य राजनैतिक एजेण्डा रहेको बताए । केन्द्रिय सदस्य पोख्रेलले हामी काँग्रेस र कम्युनिष्ट पार्टीहरु भन्दा फरक सोच, फरक विचार र फरक राजनैतिक एजेण्डा बोकेको देशकै एक मात्र बैकल्पिक शक्ति भएको ठोकुवा गरे । उनले हामी सबै नेपाली जनताको मुखमा खुसी र हाँसो सहितको समृद्धि चाहेको बताउँदै यही खुसी र हाँसो सहितको समृद्धिबाट समाजवादमा जाने पार्टीको प्रमुख बटम लाइन भएको बताए ।
यस्तै भेलालाई सम्बोधन गर्दै पार्टीका आर्का केन्द्रिय सदस्य हरि रिजालले दाङमा संगठन सुद्धिधिकरण तथा जागरण अभियानको शुरुवात पूर्व राप्ती गाउँपालिकाबाट शुरु भएको र पश्चिम हापुरेमा समापन हुने बताए । उनले यो अभियान मार्फत हजारौँ नेपाली जनताहरु बैकल्पिक पार्टीमा गोलबद्ध हुने विश्वास समेत व्यक्त गरे ।
पार्टीका जिल्ला सदस्य दुखराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा पार्टीका केन्द्रिय सदस्य हिकमत बिक, संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, संघीय परिषद् सदस्यद्धय टोपबहादुर कार्की, कुलबहादुर घर्ती, पार्टीका पूर्व दाङ जिल्ला इन्चार्ज भरतलाल चौधरी, जसपा थारु संघकी केन्द्रिय उपाध्यक्ष प्रभा चौधरी, सोही संघकी केन्द्रिय सदस्य रन्जित चौधरी, पार्टीका पूर्व जिल्ला उपाध्यक्ष रामसरण यादव र वर्तमान जिल्ला उपाध्यक्ष जगतराम यादव लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैबीच भेलाले रणप्रसाद सुवेदीको अध्यक्षतामा १९ सदस्यीय पार्टीको राप्ती गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षद्धयमा सावित्रा चौधरी, प्रेमबहादुर विक, सचिवमा गोपाल रोकामगर(गोविन्द), सह—सचिवमा फुलराम चौधरी र कोषाध्यक्षमा शिबबहादुर कुमाल सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी भेलाले कमिटीको सदस्यहरुमा मनिराम चौधरी, चेतबहादुर नेपाली, हिमबहादुर पुन, दुखराम चौधरी, दुखराम सार्की, अमृत घर्ती, देवकुमार चौधरी, प्रबिण चौधरी, कल्पना चौधरी, भुमि गुरुङ्ग, मौसम परियार, निपेश चौधरी र संजय रावत सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा राप्ती गाउँपालिकाका विभिन्न वडाबाट ३ सय ५० बढी नेता, कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । जस अनुसार माओवादी केन्द्र परित्याग गरी २ सय १ जना, नेपाली काँग्रेस परित्याग गरी १ सय ५ जना, राष्ट्रिय जनमोर्चा परित्याग गरी २४ जना र नेकपा एमाले परित्याग गरी २० जना जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
यस अघि नेकपा माओबादी केन्द्र निकट वाइसिएलको गाउँ सम्मेलनमा जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका मौसम परियार र निपेश चौधरी सहित ७८ जना युवाहरु पुन जसपामा फर्किएका छन् । कार्यक्रमको सञ्चालन पार्टीकी दाङ जिल्ला सचिव लक्ष्मी चौधरीले गरेकी थिइन् ।देउखुरीटुडे
