Sidha Patra शनिबार, भाद्र १९, २०७८

धनगढी । कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युुभएको छ भने पाँच जना घाइते भएका छन् ।

शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए ।

उनका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका-९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]