
Ssbus
gms
Gsbus
syysr
Gsl
Syees
Csbus
dsbus
Bksbus5
Ddhbs
Jsbus
Ratbs
Rbs
Pbu
Amb
Nssbus7

Tsm
Gst
Ssm
Sls
Rsb
nsb
Rgs
Rgu
Ksm
Rgu
Pvg
Sbs
Vor
Hal
Ggd
Wsp
Bbbpu
Bbu
Asm

Syp
bbt
Abd
Pls
Ptm
Mks
Bml
sab
Rmb
Gsb
Rpp
Jmb
Jmb
दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले दाङ देउखुरी समृद्धिको केन्द्र बन्ने बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रबाट समग्र प्रदेशको समृद्धिको नेतृत्व गरिने बताएका हुन् ।
नेकपा एमाले दाङ क्षेत्र नम्बर १ ले शुक्रबार लमहीमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा उनले राजधानी क्षेत्रलाई सुनसान बनाउने र षडयन्त्र पूर्ण तरिकाले काम गर्ने शैलिको खबरदारी गरिने बताए ।‘एउटा दुई ओटा मन्त्रालय ल्याउने भन्दा पनि समग्र समृद्धिको नेतृत्व यहीं ठाउँबाट गराउन चाहेका हौं’उनले भने–‘काठमाण्डौं जस्तो अर्को शहर थप्न खोजेका होइनौं, व्यवस्थीत राजधानीको पक्षमा हामी छौं ।’
यस्तै उनले आम निर्वाचनमा भाग लिन एमालेले कसैसंग साहरा नलिने बताएका छन् । पार्टी भित्रका अराजक प्रवृत्तिका व्यक्तिका कारण केही समस्या निम्तिएको भएपनि त्यसले कुनै असर नगर्ने जिकिर गरेका छन ।माधव नेपालको नेतृत्वमा अलग पार्टी बनेपछि नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण संगठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।
दाङ जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा बृहत कार्यकर्ता भेला गरेर पार्टी भित्रको अवस्था र अवको रणनीतिको बारेमा स्पष्ट पार्न थालेको हो ।
शुक्रबार दाङ क्षेत्र नम्बर १ को लमहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, प्रतिनिधि सभाका सचेतक तथा नेत्री शान्ता चौधरी, नेकपा एमाले राष्ट्रिय परिषद सदस्य छविलाल वली, प्रतिनिधि सभा सदस्य गंगा थारु, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, तुलसा केसी, ध्रुब आचार्य, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, धुपनारायण चौधरी, सीता चौधरी लगायतले सम्बोधन गरेका थिए । क्षेत्रिय सचिव मोहन सिंह बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रिय इञ्चार्ज नारायण डिसी छम्पालीले गरेका थिए ।
