
Rbs
mbd
Sds
Anm
Gmk
Mbdvs
Ksm
Gisld
Pbu

Gst
Sbs
Sls
Asm
Bbu
Rgu
Rgu
Ksm
nsb
Vor
Hal
Rgs
Wsp
Rsb
Tsm
Pvg
Bbbpu
Ggd
Ssm

Abd
Bml
bbt
Jmb
Rmb
Jmb
sab
Pls
Mks
Syp
Rpp
Ptm
Gsb
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले बन्दाबन्दी(लकडाउन) मा पनि सामाजिक दुरी कायम गर्दै हाटबजार संचालनमा ल्याएको छ । लकडाउनको कारण किसानको उत्पादनले बजार नपाउने देखेपछि नगरपालिकाले हाटबजार संचालनमा ल्याएको हो । अन्यत्र स्थानियतहका किसानले टाउको समाउनु परेका बेला गुल्मीको रेसुङ्गा नगरपालिकाले भने किसानको मर्म बुझेको छ ! नगरपालिका किसानकै करेसाबारीमा पुगेर तरकारी लगायत अन्य कृषिजन्य उत्पादन खरिद गरि हाटबजारमा ल्याउने गरेको छ । लकडाउनको कारण बिक्री हुन नसकेको तरकारी नगरपालिकाले खरिद गरिदिए पछि आफुलाइ निकै राहत भएको अर्खलेका एक किसान बताउनु भएको छ । नगरपालिकाले लकडाउन अबधिभरमा हाटबजार सन्चालन गरि करिब १२ लाख बराबरको कारोबार गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।रेसुङा नगरपालिकाले तम्घासको चारिखोलामा १ करोड ३३ लाख ५० हजारको लागतमा निर्माण गरेको नयाँ हाटबजार २०७६ कात्तिकबाट सन्चालनमा ल्याएको थियो । पाँच मेट्रीकटन क्षमताको शीतभण्डारसहितको हाटबजार पछि किसानलाइ नै हस्तान्तरण गर्ने उद्देश्य लिएको छ ।
लामो लकडाउनको सामना सामना गर्नु परेका बेला नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउदा स्थानियले खुशी व्यक्त गरेका छन ।
