Sidha Patra शुक्रबार, भाद्र १८, २०७८

काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ ।

यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा धेरै लडाकु मारिएको बताएको छ । पञ्जशिर प्रान्त यसअघि पनि कहिल्यै तालिबानको नियन्त्रणमा आएको थिएन । यो प्रान्तमा ठूलो संख्यामा लडाकुहरु तैनाथ गरिएको विश्वास लिइएको छ ।

एनआरएफमा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि सामेल छन् ।अफगानिस्तानका पूर्व सैनिक र स्थानीय लडाकुलाई पञ्जशिरका स्थानीय नेता अहमद मासुदले नेतृत्व गरिरहेका छन् । मासुदका बाबुले सन् १९८० को दशकमा सोभियत संघ र १९९० को दशकमा तालिबानविरुद्ध वीरतापूर्वक युद्ध लडेका थिए ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्ता असफल भएसँगै लडाकुहरु अहिले पञ्जशिर उपत्यकातर्फ लागेको बताएका छन् । तालिबान र पञ्जशिरका नेता दुई फरक ध्रुवमा उभिएसँगै वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार एनआरएफले पञ्जशिरमा जारी युद्धमा ३५० तालिबानका लडाकु मारिएको दाबी गरेको छ । यद्यपि यो संख्या पुष्टि भने हुन सकेको छैन ।

एजेन्सीहरुको सहयोगमा

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]