Sidha Patra शुक्रबार, भाद्र २६, २०८३

बुटवल । बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ ।

शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । ‘संस्कृति संरक्षणमा शिक्षाको महत्व’ विषयमा आयोजित प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा प्रथम भएको तिनाउ ईग्लिस बोर्डिङ स्कुलले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बुटवलको इन्टलेक्चुअल एकेडेमी दोस्रो हुँदै ३० हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने न्यू होराइजन ईग्लिस बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो हुँदै १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, देवदहको न्यू लुम्बिनी ईग्लिस बोर्डिङ स्कुल र बुटवलको लक्ष्मी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्दै जनही ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मेयर पाण्डेयले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल,नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेय,बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष अरुणकुमार श्रेष्ठ लगायतले बोलेका थिए । टेलिभिजनका अध्यक्ष झपटबहादुर गुरुङ (जेभी)ले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता बुटवल उपमहानगरपालिकाको मुख्य संरक्षकत्व तथा तिलोत्तमा नगरपालिका,देवदह नगरपालिका,सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो । प्रतियोगितामा यसोदा फुड्स प्रालि मुख्य प्रायोजक तथा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि र अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]