शिबराज पन्थी/गढवा बुधबार, भाद्र १६, २०७८

दाङ । नेकपा (एमाले) गढवा–१ र युवासंघ नेपालको संयुक्त आयोजनामा बुधवार गढवा–१ जुरौनी पार्कमा प्रशिक्षण भेला सम्पन्न भएको छ ।

राष्ट्रिय युवासंघ नेपाल गढवा १ का अध्यक्ष सम्भू श्रेष्ठको अध्यक्षता र एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५२ जनाले बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको एमाले गढवाले जनाएको छ ।कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले बिकास र समृद्धिको काममा आफू र पार्टी पङ्ति सकृय रहेको बेला फुट परस्त तत्वहरुले सरकार ढाल्न उद्दत भएको बताउनु भयो ।

आफ्नो कार्यकालमा गढवा गाउँपालिकामा बिकास र समृद्धिका धेरै भौतिक पुर्वाधारहरु तयार भएको कार्यक्रममा जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै एमाले दाङका सदस्य एवं गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारीले युवाहरु नै पार्टीको बलियो खम्बा भएको भन्दै युवाहरु एकजुट भएर लाग्न आग्रह गर्नुभयो । सो अवसरमा पार्टी प्रबेश गर्नेहरुलाई एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले टिका लगाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै युवा नेता तथा एमाले दाङका सदस्य नरेन्द्र यादव (अर्जुन) ले बिगतमा एमालेको नाममा सुर्य चिन्हबाट भोट पाएर निर्वाचन जितेर आफ्नो पार्टीको सरकार गिराई नेपाली काँगे्रसलाई मत दिएर जनता र पार्टीप्रति गद्दारी गर्नेलाई अब जनताले त्यसै नछोड्ने बताउनुभयो । शंकर पोखे्रललाई देउखुरी क्षेत्रनं. १ मा आएर चुनाव लढ्न खर्च हाल्दीन्छु भनेर फेसबुकमा निच शब्दहरु लेख्ने मेटमणि चौधरीलाई कटाक्ष गर्दै यादवले आफूसंग लढेर चुनाव जितेर देखाउन चुनौति समेत दिए ।

कार्यक्रममा बोल्दै एमाले दाङका सदस्य कृष्ण गिरीले संस्कार र शिष्टम भएको पार्टी एमालेमा संगठित भएर अनुशासन सिक्न युवाहरुलाई आग्रह गर्नुभयो । बृद्धहरुलाई भत्ता दिन सुरु गरेको एमालेबाट सिमित ब्यक्तिहरु चेइटिएर जादैमा कुनैपनि हालतमा एमाले कमजोर नहुने बताउनु भयो ।

कार्यक्रममा एमाले दाङका सदस्य लोकराज अधिकारी,गोबिन्द बोहोरा,एमाले गढवा १ का अध्यक्ष ढकबहादुर एमसी,युवाहरु बिलेन्द्र सुनार,बिशाल बिष्ट लगायतले बोल्नुभएको थियो । युवासंघ नेपाल वडा नं. १ मोहन थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन लालबहादुर कुमालले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]