
Ssbus
gms
Rbs
Bksbus5
Pbu
Ddhbs
Jsbus
Amb
Gsbus
Csbus
Ratbs
Gsl
Nssbus7
dsbus

Bbu
Pvg
nsb
Sbs
Bbbpu
Vor
Hal
Ksm
Asm
Tsm
Rsb
Gst
Rgs
Rgu
Sls
Ssm
Wsp
Rgu
Ggd

sab
Ptm
Abd
Rpp
Pls
Mks
bbt
Bml
Syp
Jmb
Rmb
Jmb
Gsb
दाङ । नेकपा (एमाले) गढवा–१ र युवासंघ नेपालको संयुक्त आयोजनामा बुधवार गढवा–१ जुरौनी पार्कमा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
राष्ट्रिय युवासंघ नेपाल गढवा १ का अध्यक्ष सम्भू श्रेष्ठको अध्यक्षता र एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५२ जनाले बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको एमाले गढवाले जनाएको छ ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले बिकास र समृद्धिको काममा आफू र पार्टी पङ्ति सकृय रहेको बेला फुट परस्त तत्वहरुले सरकार ढाल्न उद्दत भएको बताउनु भयो ।
आफ्नो कार्यकालमा गढवा गाउँपालिकामा बिकास र समृद्धिका धेरै भौतिक पुर्वाधारहरु तयार भएको कार्यक्रममा जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै एमाले दाङका सदस्य एवं गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारीले युवाहरु नै पार्टीको बलियो खम्बा भएको भन्दै युवाहरु एकजुट भएर लाग्न आग्रह गर्नुभयो । सो अवसरमा पार्टी प्रबेश गर्नेहरुलाई एमाले लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले टिका लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै युवा नेता तथा एमाले दाङका सदस्य नरेन्द्र यादव (अर्जुन) ले बिगतमा एमालेको नाममा सुर्य चिन्हबाट भोट पाएर निर्वाचन जितेर आफ्नो पार्टीको सरकार गिराई नेपाली काँगे्रसलाई मत दिएर जनता र पार्टीप्रति गद्दारी गर्नेलाई अब जनताले त्यसै नछोड्ने बताउनुभयो ।
शंकर पोखे्रललाई देउखुरी क्षेत्रनं. १ मा आएर चुनाव लढ्न खर्च हाल्दीन्छु भनेर फेसबुकमा निच शब्दहरु लेख्ने मेटमणि चौधरीलाई कटाक्ष गर्दै यादवले आफूसंग लढेर चुनाव जितेर देखाउन चुनौति समेत दिए ।
कार्यक्रममा बोल्दै एमाले दाङका सदस्य कृष्ण गिरीले संस्कार र शिष्टम भएको पार्टी एमालेमा संगठित भएर अनुशासन सिक्न युवाहरुलाई आग्रह गर्नुभयो ।
बृद्धहरुलाई भत्ता दिन सुरु गरेको एमालेबाट सिमित ब्यक्तिहरु चेइटिएर जादैमा कुनैपनि हालतमा एमाले कमजोर नहुने बताउनु भयो ।
कार्यक्रममा एमाले दाङका सदस्य लोकराज अधिकारी,गोबिन्द बोहोरा,एमाले गढवा १ का अध्यक्ष ढकबहादुर एमसी,युवाहरु बिलेन्द्र सुनार,बिशाल बिष्ट लगायतले बोल्नुभएको थियो । युवासंघ नेपाल वडा नं. १ मोहन थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन लालबहादुर कुमालले गर्नुभएको थियो ।
