
Ssbus
Amb
Nssbus7
Syees
Ratbs
Csbus
Jsbus
Pbu
Gsl
dsbus
syysr
Gsbus
gms
Bksbus5
Ddhbs
Rbs

Tsm
Rgu
Gst
Sls
Pvg
Hal
Vor
nsb
Rgu
Bbu
Wsp
Rgs
Ssm
Rsb
Ggd
Asm
Sbs
Ksm
Bbbpu

Jmb
Jmb
Abd
Gsb
Syp
Rmb
Ptm
Bml
Rpp
Mks
bbt
sab
Pls
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो ।
कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ ।
‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले भने । बाँकी २१ जिल्लामध्ये केही जिल्लाको बुधबार साँझसम्म क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । उनले क्रियाशील सदस्यता सूची समितिले पाउनेवित्तिकै जिल्लामा निर्वाचन अधिकृत खटाइने बताए ।
निर्वाचन समितिका सदस्य रावलले सबै वडामा कार्यतालिका अनुसार अधिवेशन नहुने बताए । ‘देशभरका ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन हुने अवस्था छैन,’ उनले भने, ‘बिहीबारसम्म जति जिल्लाको क्रियाशील सदस्यता सूची आउँछ, हामी त्यहाँ निर्वाचन अधिकृत खटाउँछौं ।’
भदौ १८ मा अधिवेशन हुन नसकेका वडामा अर्काे मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वडा अधिवेशनदेखि पालिका अधिवेशनको बीचमा पर्याप्त समय भएकाले त्यस बीचमा गर्न सकिने बताए ।
‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ,’ सहमहामन्त्री महतले भने, ‘क्रियाशील सदस्यता विवाद जति चाँडो टुंगिन्छ, उति छिटो अविधेशन हुन्छ ।’
उनले क्रियाशील सदस्यताबारे शीर्ष तहमा भएको सहमति कार्यान्वयन नगर्दा समस्या देखिएको बताए । कांग्रेसमा बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा समायोजनको विषयमा विवाद छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।अनलाइनखबर
