
Ddhbs
Ssbus
Ratbs
Gsl
Csbus
Gsbus
Syees
Nssbus7
Jsbus
Bksbus5
dsbus
gms
Amb
Rbs
syysr
Pbu

nsb
Tsm
Ssm
Rgs
Pvg
Bbu
Rsb
Sls
Ksm
Sbs
Vor
Hal
Gst
Rgu
Asm
Ggd
Bbbpu
Wsp
Rgu

Bml
Mks
Gsb
Syp
Abd
Pls
sab
bbt
Jmb
Jmb
Rpp
Rmb
Ptm
काठमाडौं । न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो ।
रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक रूपमा गर्थे भने, रमितेलाई लाग्दो हो उनी वास्तवमै जँड्याहा हुन् । पछि एउटा गीत खूब चल्यो, ‘गर्नु गर्यौ बलराम भैंसी पालेर’ । दूधमा पानी मिसाएर बेच्ने चतुर बलरामको रूपमा पनि उनी चर्चित भए । बलराम, जँड्याहा पोई, देउराली भट्टी पसल जस्ता गीतले कमललाई बेग्लै फ्रेममा स्थापित गरिदियो । तर, उनको ख्याति यत्तिमा सीमित छैन । खासमा त कमल गाईजात्राका लागि बढी कहलिएका पात्र हुन् ।
गाईजात्रे कलाकार
जब–जब गाईजात्राको पारो चढ्दै जान्छ, कमल गाउँलेको राप पनि बढ्दै जान्छ । पछिल्लो दुई दशकदेखि उनी गाईजात्रे कार्यक्रममा अविच्छिन्न सक्रिय छन् । यो आफ्नो बिर्ता र धर्म हो भने जसरी उनले ‘गाईजात्रे’ कार्यक्रमको कर्मकाण्ड पूरा गर्दै आएका छन् । हरेक गाईजात्रामा कुनै न कुनै रोचक र घोचक प्रस्तुति ल्याउने गर्छन् । शम्भु दाहालबाट प्रेरित भएर उनले २०५७ सालदेखि गाईजात्रे प्रस्तुति निकाल्न शुरू गरेका थिए । त्यसयता उनले हरेक वर्ष एकल गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।
६० को दशक आसपास गाईजात्रे कार्यक्रम गर्ने होड हुन्थ्यो । प्यारोडीको बजार गुल्जार हुन्थ्यो । हरिवंश–मदनकृष्णदेखि दीपकराज गिरी, दमन रूपाखेतीसम्म भ्याई–नभ्याई हुन्थे । तर, समयक्रममा यसको राप सेलाउँदै गयो । गाईजात्रा गर्नेहरू पातलिंदै गए ।
पुरानाले छाडे, नयाँ आए । यो उपक्रम चलिरह्यो । तर, कमलले भने यो सिलसिला भंग गरेनन् । राजनीतिक, सामाजिक मुद्दाहरूलाई उनले हास्यव्यङ्ग्य मार्फत चोटिलो ढंगले पेश गर्दै आएका छन् । कमल भन्छन्, ‘राजाको शासनकालमा पनि गाईजात्रा निकालें । आज गणतन्त्र छ । यो २१ वर्षे अवधिमा मैले गाईजात्रा निकाल्न छाडिनँ ।’ भर्खरै मात्रै उनले २१औं गाईजात्रे प्रस्तुति ल्याएका छन्– ‘बाई लभ यू केपी बा’ । दुई तिहाइ सरकारको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन जस्ता विषयमाथि उनले कटाक्ष गरेका छन् ।
उनी आफ्नो गाईजात्रे प्रस्तुतिमा वर्षभरि भएका राजनीतिक, सामाजिक र विभिन्न घटनाक्रमहरूलाई समेटेर हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्छन् । खासगरी राजनीतिक दल र नेताहरूमाथि उनी प्रहार गर्न रुचाउँछन् । ‘अरूबेला यसरी घोचपेच गरियो भने जेल जानुपर्छ’ कमल भन्छन्, ‘यही एउटा मौका आउँछ, त्यसलाई किन छाड्ने ?’ उनी तार सप्तकमा आवाज निकालेर गाईजात्रे प्रस्तुति गर्छन् । उनको विशेषता पनि यही हो । तार सप्तकमा गर्ने उनको गाईजात्रा प्रस्तुति बेजोड भइदिन्छ । त्यो शैलीमा भने उनी कलाकार शम्भु दाहालबाट प्रेरित भएका रहेछन् ।
सरगमा तीनवटा सुर हुन्छन् । मन्द्र सप्तक, तार सप्तक र मध्य सप्तक । उनको स्वर तार सम्तकमा छ । अर्थात् उनी ठूलो स्वरमा गाईजात्रा भट्याउन सक्छन् । गाईजात्राको संस्कृति क्रमशः हराउँदै गएको गाउँलेलाई भान भइरहेको छ ।
‘हिजो गाईजात्रा पर्वलाई जसरी मनाइथ्यो त्यो हराउँदै गएको हो कि भन्ने लाग्छ’ उनी भन्छन्, ‘गाईजात्रा हाम्रो परम्परा हो, संस्कृति हो । यसलाई बचाउने दायित्व हामी कलाकारको पनि हो ।’ हरेक वर्ष निकाल्ने गाईजात्रे प्रस्तुति मार्फत पनि यो संस्कृतिलाई निरन्तरता दिनुपर्ने गाउँले बताउँछन् ।
तर हास्य-व्यंग्यलाई राजनीतिक, सामाजिक विकृति विसंगतिमा गरिने व्यंग्यभन्दा पनि सस्तो मनोरञ्जनका रूपमा लिने गरेकोमा उनी दुःखेसो पोख्छन् । भन्छन्, ‘हामीले आफ्ना सिर्जना र प्रस्तुतिहरूबाट यो देश बन्नुपर्छ, नेताहरू सुध्रिनुपर्छ । भ्रष्टाचार रोकिनुपर्छ । देश विकास हुनुपर्छ । सबै वर्ग समुदायले शिक्षा र रोजगारी पाउनुपर्छ । र, यो महँगी नियन्त्रण हुनुपर्छ भनेर भनिरहेका हुन्छौं ।’ उनी थप्छन्, ‘हाम्रो प्रस्तुति र विषय मार्फत देश बनाउने कुरामा हामी लागिरहेका छौं । जहिले पनि देश बदल्ने कुरा गर्छौं । देश बनाउने कुरा गर्छौ ।’ २१ वर्षदेखि अविच्छिन्न गाईजात्रे प्यारोडी निकाल्दै आएका कमल गाउँलेका लागि यो एक नियमित कर्मकाण्ड नै भएको छ ।
हास्यव्यग्य अर्थात् ओखती
त्यस्तै उनी २१ वर्षयता गाईजात्रा गरिरहँदा ब्राण्ड नै भइसकेको उनी बताउँछन् । ‘हरेक वर्ष मेरो गाईजात्रा आउँछ । त्यो मेरो ब्राण्ड भइहाल्यो । यो निरन्तर आइरहनेछ ।’ गाईजात्रामा उनले भ्रष्टाचार विरुद्ध र नेताहरूले काम गरेनन् भन्ने जस्ता विषय उठाउँदै आएका छन् । यसबीच उनले नेताहरूको प्रवृत्ति माथि व्यंग्य गर्दै आए । तर के यसले साँच्चै नेताहरूको प्रवृत्ति फेरियो त ? जवाफमा उनको नाक खुम्चियो, ‘कहाँ फेरिनु । अहिले त झन् हरेक दिनजसो गाईजात्रा छ ।’उनका लागि हास्य-व्यंग्य विधा मात्र नभएर एउटा औषधि पनि हो । गाउँले भन्छन्, ‘ठूला–ठूला रोग लागेका मानिसहरूलाई हास्य–व्यंग्य औषधि जस्तै हो । यति ठूलो औषधि हो कि मानिस राम्रोसँग हाँस्यो भने कति रोगहरू नै लाग्दैन । तर हँसाउने भन्दैमा सस्तो हँसाउने होइन । भित्रैबाट खुशी भएर हाँस्नु हो ।’
प्रविधिसँगै परिवर्तन
शुरूआती चरणमा प्रविधि थिएन । उनले २०५७ सालमा पहिलो गाईजात्रा शृंखला निकालेका थिए । त्यतिबेला भिडियो हुँदैनथ्यो । अडियो क्यासेटमा सुन्न मात्र सकिन्थ्यो । त्यो समय उनी आफ्नो गाईजात्राको क्यासेट बेच्दै हिंड्थे । ठाउँ–ठाउँमा पुगेर आफ्नो क्यासेट किनिदिन आग्रह गर्थे । कतिले किनिदिन्थे, कतिले झर्को मान्थे । समयसँगै प्रविधिले फड्को मार्दै गएपछि गाईजात्रा अडियोबाट भिडियोसम्म आइपुग्यो । क्यासेटबाट भीसीडीदेखि युट्युबसम्म आयो । तीन वर्षयता भने उनी आफ्नै युट्युबबाट आफ्नो गाईजात्रा प्रस्तुति राख्दै आएका छन् ।
अभिनयसँगै वाद्यवादक पनि
अभिनय र गाईजात्रा मात्रै हैन, गाउँलेले वाद्यवादन पनि राम्रो बजाउँछन् । थुप्रै टेलिशृंखलामा उनले वाद्यवादकको काम पनि गरेका छन् । ‘ढुंगे बगर, माया ढुंगे बगर’ हरिवंश आचार्यको टेलिशृंखलामा उनले मादल बजाएका थिए । २०६० सालमा भएको मादल प्रतियोगितामा उनी सर्वोत्कृष्ट मादल बाधक भएका थिए । त्यसयता भने मादल प्रतियोगिता हुनसकेको छैन । उसो त २०५७ सालमा उनले रेडियो नेपालबाट स्वर पास गरेका थिए ।
दोहोरीमा दश वर्ष मादल बजाए
प्यूठानमा जन्मेका गाउँले सानो छँदा परिवारसँगै बसाइँ सरेर दाङ झरे । उनी दाङमा हुर्किए । सानोमा उनी चकचके स्वभावका । रसिक पनि । चुट्किला सुनाउथे । अरूको आवाज दुरुस्त नक्कल गर्थे । त्यसबाहेक उनमा खास खूबी थियो, मादल र सारङ्गी बजाउने । त्यही मादल र सारङ्गी बजाउने धुनले उनमा कला–मोह जाग्यो । उनी कलाकार बन्ने लहडले काठमाडौं हान्निए । काठमाडौंमा आएपछि कमललाई बाँच्ने आधार दियो, मादलले । उनी यहाँका लोकदोहोरीमा मादल घन्काउन पुग्थे । मादल बजाएरै उनको हातमुख जोर्ने मेलो मिल्थ्यो । दश वर्षसम्म उनी मादल बजाउँदै आफ्नो जीवनको धुन खोजिरहे । दोहोरी साँझमा उनी राति बजाउँथे र दिनभर सिनेमा एवं टेलिशृ ंखलामा अभिनय गर्ने मौका खोज्दै हिंड्थे । कति क्षण यस्ता पनि छन्, जहाँ उनी अभिनय गर्न नपाएर रुँदै फर्किएका पनि छन् । तर गाउँलेले कलाकार बन्ने सपना छोडेनन् ।
सपनाको बाटो पछ्याइरहे
गाउँले सम्झन्छन्, ‘म्युजिक भिडियोहरूमा काम गर्दै जाँदा दीपकराज गिरीहरूले मलाई चिन्न थाल्नुभयो । काम गर्दै जाँदा हास्यव्यंग्यतिर गाँसिए । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, साम्दे शेर्पा, सन्तोष पन्त जस्ता अग्रज कलाकारहरूसँग चिनाजानी हुनपुग्यो । उहाँहरूसँग अभिनय गर्ने अवसर पाएँ ।’ यसरी उनले गिती भिडियोदेखि ‘तितो सत्य’ नामक टेलिशृंखला हुँदै ‘छ माया छ छपक्कै’ चलचित्रसम्म अभिनय गरे ।
गाउँ फर्किए गाउँले
मुलुकमा कोभिड संक्रमण शुरू भएसँगै उनी आफ्नै गृहजिल्ला दाङ फर्किएका छन् । दुईवटा गाईजात्रे प्रस्तुति उनले दाङमै तयार पारेका थिए । ‘गाउँ–गाउँमा सिंहदरबार’, ‘चाइनाको रेल’ र गत वर्ष मात्रै उनले मुलुकमा शुरू भएको कोभिड महामारीलाई जोडेर ‘के के हुने हो’ नामक गाईजात्रे प्रस्तुति हुँदै २१औं शृंखलासम्म ल्याएका छन् ।अनलाइन खबरबाट
