Sidha Patra बिहिबार, भाद्र ०३, २०७८

दाङ । गायक तथा सर्जक प्रेम विवश घर्तीले आफ्नो तिज गीतबाट मोडलिङ यात्रा आरम्भ गरेका छन् । विगत एक दशक देखी गीत सँगीतमा निरन्तरता दिँदै आएका गायक घर्ती यस वर्षको उनको तिज गीत सरर फररमा भने आफूले पनि मोडलिङ गरेका छन् । आफ्नै लय,समिर गुरुङको शब्द,गायक घर्ती ,खम बहादुर बुढा र शान्तिश्री परियारको स्वरमा रहेको तिज गीत निकै नाचौ नाचौ लाग्ने रमाइलो सँगै सन्देश मूलक पनि रहेको छ ।

विशेष गरि विगतमा तिज पर्ववारे हाम्रो सँस्कार सँस्कृति,रितीरिवाज र परम्परा अनी अहिले मनाउने तिज पर्वको शैलीलाई मज्जाले तुलना गरिएको यस गीतमा अर्जुन सिलवाल,करिष्मा ढकाल,गायक प्रेम विवश घर्ती र अरुशी मगरको अभिनय रहेको छ भने अर्जुन सिलवालको निर्देशन रहेको छ ।

वि.स.२०६२ सालमा रेडियो नेपालबाट लोक गीत विद्यामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले विशेष गरि साँगीतिक क्षेत्रलाई २०७१ सालदेखी व्यवसायिक रुपमा अगाडी बढाएका हुन् । हाल सम्म करिव ३ दर्जन बढी गीत बजारमा ल्याएका घर्तीको तिजको गीत झक्कास झक्कास नाचो,छोटो छोटो चोली, मायाको वासना लगायतका छन् भने देशभक्ती भावको गीत हाम्रो नेपाल राम्रो नेपाल र दोहोरी गीतहरु फुर्काएको होकी वाई,भयो माया भयो,कल गर है नमस्तेको सिममा,चर्को घाम लगायत गीतहरुले चर्चा कमाइसकेका छन् ।My New Teej Song 2078

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]