
Ksbus
Ggp
Ggp
Sdc
Ksbus
Lnp
Asbus
Msbus
Rgp


बाँके । नेपालगन्ज ६ फुलटेक्राका निवासी फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपाल बैंक अगाडी पार्किङ गरेको अबस्थामा चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिनु भएको थियो ।
त्यस्तै उजुरी पछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास गर्दा नापि कार्यालय नजिकै गएको २९ गते साँझ वेवारिसे अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालयका नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनु भयो । उक्त मोटरसाइकल सम्बन्धित धनि फन्दु थारुलाई बुझाईएको वडा प्रहरी प्रमुख खड्काले बताए ।
