शिबराज पन्थी/गढवा शुक्रबार, साउन २९, २०७८

दाङ । गढवा–६ वालापुर बस्ने दानबहादुर थापाको चुुहिने झुप्रो छ । मौसमका कारण मजदुरी गर्न नपाएको ४ दिन भएको थापाले बताउनु भयो । दुई दिन अघि पुस्तकालयबाट खबर आयो चामल पाइन्छ भनेर आएको हुँ,थापाले भन्नुभयो । घरमा खाने अन्न नै नभएको र छिमेकीबाट औंचो पैंचो गरेर छाक टारेको बेला पुस्तकालयले दाल,चाम,तेल लगायतका ११ किसीमका सामान दियो । साइकिलमा सामान बोकेर घर जादै गरेका थापाले भन्नु भयो ।

गढवाको पुस्तकालयमा आएर दाल चामल तेल लगायतका राहात सामाग्री पाइयो । घरमा कमाउने कोही छैन । मजुरी गर्न पनि सक्दिन । राहात सामाग्री बोकेर घर जादै गर्नुभएकी गढवा ६ अत्तरबेदुवाकी कमारी दमाइले भन्नुभयो । गढवा ६ बुद्धज्योति रोडमा बस्ने बयोबृद्ध साबित्रा सिंह भर्खरै कोभिड महामारीबाट बच्न सफल हुनु भएको छ । दुईदिन बढी बाँचेपनि संसार देख्न पाइन्छ ।

आज पुस्तकालयले पानी तताउने जग र ज्वरो नाप्ने थर्मोमिटर दियो । खुसी लागेको छ–उहाँले बताउनुभयो । त्यसो त गढवा–६ कुमाल बस्तीमा बस्ने प्रदेशी कुमालको पनि घरायसी स्थिती निकै कमजोर भएको बताउनु भयो । पुस्तकालयले चामल,दाल,पिठो,तेल,साबुन, लगायतका सामानहरु सहयोग गरेकोमा उहाँको मुहारमा पनि खुसी छाएको देखियो । शुक्रवार देउखुरीको गढवा स्थित सामुदायिक पुस्तकालयमा राहात सामाग्री लिन आएका अधिकांश नागरिकहरुको मुहारमा खुसी छाएको पाइएको छ ।

रिड नेपाल र एएसबि जर्मनिको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना मार्फत देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा शुक्रवार कोभिड प्रभावित नागरिकहरु,अपांगता भएका ब्यक्तिहरु,किशोरीहरु,अति अशक्त र अति बिपन्न घर परिवारका ६० जना नागरिकहरुलाई खाद्यान्न, स्वास्थ्य सामाग्री सहित ११ किसिमका राहात सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो । वितरण गरिएका सामाग्रीहरुमा २५ किलो चामल,२ किलो तेल,२ किलो दाल,५ केजि आटाथैली,सोयाबिन १ किलो,नून १ पोका,नुहाउने साबुन ५ थान,मास्क १ पोका,सेनेटाइजर १ बोत्तल,पानीतताउने इलेक्ट्रिक जग १ थान र ज्वरो नाप्ने थर्मोमिटर १ थान गरि ११ प्रकारका सामाग्री रहेको पुस्तकालयले जनाएको छ ।

पुस्तकालयका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता र गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार बालचन्द्र ठकूरी हमालको प्रमुख आतिथ्यमा राहात वितरण गरिएको हो । रिड नेपालसंगको समन्वय सहकार्यमा वडा कार्यालयले सिफारिस गरेका अति बिपन्न नागरिकहरुलाई राहात प्याकेज उपलब्ध गराउने पुस्तकालय र रिड नेपाललाई सल्लाहकार हमालले धन्यवाद दिनुभयो । यो कार्यक्रम कोभिड सचेतना प्रवाहको पनि भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा रिड नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाका ब्यवस्थापक राजेश चौधरीले ८ जिल्लाका सामुदायिक पुस्तकालय तथा स्वास्थ्य संस्थाहरुका लागि राहात वितरण र स्वास्थ्य सामाग्री प्रदान गरिरहेको बताउनुभयो । कोभिड महामारीबाट पिडीत नागरिक,अति बिपन्न,सिमान्तकृत र अपांगता भएका नागरिकहरुका लागि यो प्याकेज संचालन गरिएको र उनिहरुलाई उच्च सतर्कता अपनाउन सन्देश समेत प्रवाह गर्न एयसबि जर्मनी र रिड नेपाल मार्फत यो कार्यक्रम संचालन भैरहेको उहाँले बताउनु भयो । देउखुरीको सामुदायिक पुस्तकालयसंग बिभिन्न प्याकेजमा गरि परियोजनाले ६ लाख ७९ हजार ८ सय बिस बराबरको संझौता गरि कार्यक्रम संचालन गरिरहेको चौधरीले जानकारी दिनुभयो ।

राहात वितरण कार्यक्रममा पुस्तकालयका सल्लाहकार रामप्रसाद गैरै,गढवा खानेपानीका अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार लेखबहादुर थापा,रेडक्रसका देवि प्याकुरेल,नागरिक समाजका मोहन कुमार पाण्डेय,सामुदायिक स्वास्थ्य सहजकर्ता ललिता यादव लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]