
Anm
mbd
Ksm
Pbu
Sds
Rbs
Gisld
Mbdvs
Gmk

Ssm
Bbu
Ksm
Sbs
Pvg
Asm
Rgu
Hal
Wsp
Tsm
Rsb
Vor
Rgu
Bbbpu
Rgs
nsb
Gst
Sls
Ggd

Pls
Abd
Mks
Rmb
Syp
Rpp
Jmb
Gsb
Bml
Ptm
sab
bbt
Jmb
दाङ । गढवा–६ वालापुर बस्ने दानबहादुर थापाको चुुहिने झुप्रो छ । मौसमका कारण मजदुरी गर्न नपाएको ४ दिन भएको थापाले बताउनु भयो । दुई दिन अघि पुस्तकालयबाट खबर आयो चामल पाइन्छ भनेर आएको हुँ,थापाले भन्नुभयो । घरमा खाने अन्न नै नभएको र छिमेकीबाट औंचो पैंचो गरेर छाक टारेको बेला पुस्तकालयले दाल,चाम,तेल लगायतका ११ किसीमका सामान दियो । साइकिलमा सामान बोकेर घर जादै गरेका थापाले भन्नु भयो ।
गढवाको पुस्तकालयमा आएर दाल चामल तेल लगायतका राहात सामाग्री पाइयो । घरमा कमाउने कोही छैन । मजुरी गर्न पनि सक्दिन । राहात सामाग्री बोकेर घर जादै गर्नुभएकी गढवा ६ अत्तरबेदुवाकी कमारी दमाइले भन्नुभयो । गढवा ६ बुद्धज्योति रोडमा बस्ने बयोबृद्ध साबित्रा सिंह भर्खरै कोभिड महामारीबाट बच्न सफल हुनु भएको छ । दुईदिन बढी बाँचेपनि संसार देख्न पाइन्छ ।
आज पुस्तकालयले पानी तताउने जग र ज्वरो नाप्ने थर्मोमिटर दियो । खुसी लागेको छ–उहाँले बताउनुभयो । त्यसो त गढवा–६ कुमाल बस्तीमा बस्ने प्रदेशी कुमालको पनि घरायसी स्थिती निकै कमजोर भएको बताउनु भयो । पुस्तकालयले चामल,दाल,पिठो,तेल,साबुन, लगायतका सामानहरु सहयोग गरेकोमा उहाँको मुहारमा पनि खुसी छाएको देखियो । शुक्रवार देउखुरीको गढवा स्थित सामुदायिक पुस्तकालयमा राहात सामाग्री लिन आएका अधिकांश नागरिकहरुको मुहारमा खुसी छाएको पाइएको छ ।
रिड नेपाल र एएसबि जर्मनिको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना मार्फत देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा शुक्रवार कोभिड प्रभावित नागरिकहरु,अपांगता भएका ब्यक्तिहरु,किशोरीहरु,अति अशक्त र अति बिपन्न घर परिवारका ६० जना नागरिकहरुलाई खाद्यान्न, स्वास्थ्य सामाग्री सहित ११ किसिमका राहात सामाग्रीहरु प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो ।
वितरण गरिएका सामाग्रीहरुमा २५ किलो चामल,२ किलो तेल,२ किलो दाल,५ केजि आटाथैली,सोयाबिन १ किलो,नून १ पोका,नुहाउने साबुन ५ थान,मास्क १ पोका,सेनेटाइजर १ बोत्तल,पानीतताउने इलेक्ट्रिक जग १ थान र ज्वरो नाप्ने थर्मोमिटर १ थान गरि ११ प्रकारका सामाग्री रहेको पुस्तकालयले जनाएको छ ।
पुस्तकालयका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता र गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार बालचन्द्र ठकूरी हमालको प्रमुख आतिथ्यमा राहात वितरण गरिएको हो ।
रिड नेपालसंगको समन्वय सहकार्यमा वडा कार्यालयले सिफारिस गरेका अति बिपन्न नागरिकहरुलाई राहात प्याकेज उपलब्ध गराउने पुस्तकालय र रिड नेपाललाई सल्लाहकार हमालले धन्यवाद दिनुभयो । यो कार्यक्रम कोभिड सचेतना प्रवाहको पनि भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा रिड नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाका ब्यवस्थापक राजेश चौधरीले ८ जिल्लाका सामुदायिक पुस्तकालय तथा स्वास्थ्य संस्थाहरुका लागि राहात वितरण र स्वास्थ्य सामाग्री प्रदान गरिरहेको बताउनुभयो ।
कोभिड महामारीबाट पिडीत नागरिक,अति बिपन्न,सिमान्तकृत र अपांगता भएका नागरिकहरुका लागि यो प्याकेज संचालन गरिएको र उनिहरुलाई उच्च सतर्कता अपनाउन सन्देश समेत प्रवाह गर्न एयसबि जर्मनी र रिड नेपाल मार्फत यो कार्यक्रम संचालन भैरहेको उहाँले बताउनु भयो । देउखुरीको सामुदायिक पुस्तकालयसंग बिभिन्न प्याकेजमा गरि परियोजनाले ६ लाख ७९ हजार ८ सय बिस बराबरको संझौता गरि कार्यक्रम संचालन गरिरहेको चौधरीले जानकारी दिनुभयो ।
राहात वितरण कार्यक्रममा पुस्तकालयका सल्लाहकार रामप्रसाद गैरै,गढवा खानेपानीका अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार लेखबहादुर थापा,रेडक्रसका देवि प्याकुरेल,नागरिक समाजका मोहन कुमार पाण्डेय,सामुदायिक स्वास्थ्य सहजकर्ता ललिता यादव लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

