
Gsb
Fmb
Rks
Ssb
Rsb
Nsb
jsb
Ksb
Ppu
Tgp
Csb
Ksb
Ksb
Ssb
Usb
Bsn

Ssb
Gsb
Usb
Hl1
Tsb

ptl
Nps
Rgu
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दिएको राजीनामा स्वीकृत भएको छ ।
पोख्रेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् ।
त्यस्तै १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए । यस्तै पोख्रेलको राजीनामासँगै प्रदेशसभामा टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।
