शिबराज पन्थी/गढवा मंगलबार, साउन २६, २०७८

दाङ । गढवा गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउनै चटारो भएको र आर्थिक बर्ष २०७७÷०७८ को एक बर्षमा एकसय आठ उजुरीहरु दर्ता भएको न्यायिक समितीले जनाएको छ ।

सामान्य जनताहरु अदालत र प्रहरी कार्यालय धाउन झञ्जट मान्छन् । अदालत जाने पैसा हुदैन । त्यसैले पनि न्यायिक समितिमा उजुरी लिएर नागरिकहरु आउँछन् हामी न्यायिक समितिलाई मुद्दा मिलाउनकै चटारो हुन्छ,–गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीले भन्नु भयो ।

स्थानीय सरकारले न्यायिक समिति मार्फत मुद्दाहरुको बिवाद निरुपण गर्न थालेपछि सामान्य नागरिकहरुलाई सहज भएको जानकारहरु बताउँछन् । अदालतमा भन्दा छिटो छरितो बिवाद निरुपण हुने र सामान्य दस्तुर बाहेक पैसा खर्च नहुने भएकोले पनि नागरिकहरु स्थानीय सरकारका न्यायिक समितिबाट न्याय पाईने आशा गर्दछन् ।

यसै क्रममा गढवा गाउँपालिकाको न्यायिक समितिले एक बर्षमा न्यायिक समितिमा जम्मा भएका कुल १०८ उजुरीहरु मध्ये ७६ उजुरीहरु किनारा लगाएको र ३२ उजुरीहरु निरुपण हुन बाँकी रहेको न्यायिक समितिका कर्मचारी शुरेस पौडेलले जानकारी दिनुभयो । जसमध्ये घरेलु हिंसा तथा विवाह सम्बन्धि १६ उजुरी दर्ता भएकोमा ९ वटा निरुपण भएको र ७ वटा बाँकी रहेको,जग्गा विवाद सम्बन्धि ४० उजुरीहरु परेकोमा ३१ समाधान भएको र ९ वटा मिलाउन बाँकी रहेको न्यायिक समितिका सदस्य कमला नेपालीले बताउनुभयो ।

आर्थिक लेनदेन सम्बन्धि २३ उजुरीहरु दर्ता भएकोमा १४ उजुरी समाधान भै सकेको र ९ वठा छलफल गर्न बाँकी रहेको तथा झै–झगडाका अन्य विविध १४ उजुरीहरु मध्ये १३ वटा समाधान भएका र एउटा बिवाद समाधान गर्न बाँकी रहेको न्यायिक समितिका सदस्य आशाराम चौधरीले जानकारी दिनुभयो । न्यायिक समितिमा दर्ता भएका उजुरीहरु मध्ये आदेश तथा निर्णय प्रकृया,मिलापत्र प्रकृया,अन्य निकायमा सिफारि गरि बिवादहरुको निरुपण गर्ने गरिएको न्यायिक समितिले जनाएको छ । गाउँपालिकाको न्यायिक समितिले कानूनी सल्लाहकार समेत राखेर सल्लाह र परामर्श बमोजिम विवाद निरुपण गर्ने गरेको पाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]