
Msbus
Ggp
Lnp
Ksbus
Asbus
Rgp
Ggp
Ksbus
Sdc

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा रहेको देउखुरी होटेल दरबारका संचालक छबिलाल भण्डारीले रिहार गौशालालाई शनिबार खाद्यान्न सहयोग गरेका छन् ।
लमही नगरपालिकाको वडा नम्बर ९ लौरी रिहारमा रहेको बगारबाबा गोरक्ष गौधाम संरक्षण संवर्द्दन मुल समितिद्वारा संचालित रिहार गौशालाका सचिव कोटिलाल कँवर,पुजारी प्रेमबहादुर कँवर, सल्लाहकार तेजमणी ज्ञवाली,पत्रकार भानु जोशी लगायतको उपस्थितिमा संचालक भण्डारीले चामल,नुन,तेल,बरान आदि गौशालालाई खाद्यान्न सहयोग गरेका हुन् ।
सो अवसरमा देउखुरी होटेल दरबारका संचालक भण्डारीले पुजारी प्रेमबहादुर कँवरलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरी सो खाद्यान्न सहयोग गर्दै भण्डारीले उक्त गौशालालाई व्यवस्थापन गर्नको लागि सम्बन्धित वडा कार्यालय र नगरपालिकाले विशेष ध्यान दिनु पर्ने बताए । त्यस्तै उनले हिन्दु धर्मप्रति आस्था राख्ने सम्पुर्ण महानुभावलाई उक्त गौशालालाई सक्दो सहयोग गर्न आग्र समेत गरेका छन् ।
