
Gisld
Pbu
Rbs
Anm
Gmk
Sds
mbd
Mbdvs
Ksm

Rgu
Ssm
Gst
Sbs
Vor
Rgs
Bbbpu
Sls
Pvg
Tsm
nsb
Wsp
Bbu
Asm
Ggd
Ksm
Rsb
Hal
Rgu

Pls
Syp
Rpp
Jmb
Gsb
Ptm
Mks
Jmb
bbt
Rmb
Abd
sab
Bml
दाङ । सञ्चारकर्मी विरेन्द्र गिरीले आफ्नी बिरामी आमाको जिवन रक्षाका लागि सवैसँग अपिल गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा अवस्थित रेडियो राप्ती तथा राप्ती टेलिभिजन र देउखुरी टुडेमा कार्यरत सञ्चारकर्मी गिरीकी आमा बिरामी भएर अस्पतालको शैयामा छटपटाइ रहेकीले आमाको ज्यान बचाउन सवै सँग आग्रह गरेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलहा निवासी सञ्चारकर्मी गिरीकी आमा बिमला गिरीको पाठेघर सम्बन्धी समस्या रहेको छ । लामो समय देखि पाठेघरबाट रगत बगिरहेको छ । गिरीको अहिले जिल्ला अस्पताल तौलहवामा उपचार भइरहेको छ ।
डाक्टरका अनुसार पाठेघरको अप्रेसन गर्नुपर्ने र तत्काल अप्रेसन नगरे क्यान्सर भई ज्यान जोखिममा पर्न सक्ने भएकाले समयमै अप्रेसन गर्नका लागि आफु सँग धनसम्पती नभएकाले अप्रेसनका लागि चाहिने रकम सहयोग गरिदिन हुन सञ्चार माध्यम, पत्रकार महासंघ, संघ संस्था, उद्योगी व्यापारी, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी मनकारी व्यक्तिहरुमा सञ्चारकर्मी गिरीले आग्रह गरेका छन् ।
त्यस्तै सञ्चारकर्मी गिरीको आमालाई सहयोग गर्न चाहनेले विरेन्द्र गिरीको आफ्नै नाममा रहेको कामना सेवा विकाश बैंक लिमिटेडको खाता नम्बर ०३३१३५००२४६४०३०००००१मा सहयोग रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८११९७६४३३, ९८६४४१७२९८ वा रेडियो राप्ती तथा राप्ती टेलिभिजनको फोन नम्बर ०८२-५८०२९३ मा फोन गरी सहयोग रकम पठाउन सक्नु हुने छ ।
सञ्चारकर्मी गिरी घरको जेठो छोरा हुन् । उनको घरको आर्थिक अवस्था एकदमै नाजुक छ । उनी दृष्टिविहिन व्यक्ति हुन् । भाई पनी सानै रहेको र बुबाले केही गर्न नसक्ने अवस्था रहेको छ । यस्तो बेला सञ्चारकर्मी गिरीको काधमा धेरै जिम्मेवारी थपिएको छ । उनी दृष्टिविहिन भएकाले केहि गर्न सकिरहेका छैन् । आफ्नो पढाई खर्च जुटाउन उनी विभिन्न सन्चार माध्यममा काम गरिरहेका छन् ।
तर सञ्चार माध्यमहरुबाट आउने तलवले जसोतसो आफ्नो पेट पाल्ने काम भन्दा अरु केहि भएको छैन । जति सुकै योग्यता भएपनि योग्यता नहेरी शारिरीक विशेषताकै आधारमा विभेद गरिएको हुन्छ । काम जति सुकै राम्रो भएपनि त्यो काम भन्दा पनि शारिरिक विशेषता हेरी आफुहरुलाई कमजोर बनाइने गरेको उनको भनाई रहेको छ ।
