दाङ । देउखुरीका युवाहरु क्लवमा आवद्ध भएपछि उनीहरुको जीवन स्तरमा परिवर्तन आउनुका साथ- साथै स्वरोजगार समेत बन्न थालेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले कारितास नेपाल सँगको साझेदारीमा बालबालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत युवा क्लव गठन गरेर युवाहरुको जीवन स्तरमा परिवर्तन ल्याउन सफल भएको छ भने धेरै जसो युवाहरु व्यवसायी गरेर समेत बसेका छन् ।जस्मा संस्थाले राप्ती गाउँपालिका ५ सिंगेमा शान्ति यौग स्टार स्पोर्ट युवा क्लव गठन गरेको छ । जब सुरुमा २८ जना सदस्य रहे पनि अहिले १८ जना युवाहरु क्रियाशिल रहेका छन् । क्लवमा आवद्ध १८ जना युवाहरु मध्ये अहिले ५ जना युवाहरु व्यवसायी गरेर बसेका छन् । जसले गर्दा युबाहरु बेरोजगारी र कुलतबाट टाढा रहेर आथिक समबृधीका साथै युवा जीवन स्तरमा नयाँ आयम थपिने सभाबना देखिन्छ ।