दाङ । माननीय सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शुक्रबार शिलान्यास गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गर्नु भएको हो । यो निर्णय लागु भएपछि तीन घर परिवार मुस्लिम समुदायको लागी पक्कि घर बनाइएको छ ।‘जसले घर बनाउन सक्दैन । आर्थिक रुपमा विपन्न छ उसको लागी जनता आवास कार्यक्रम मार्फत घर बनाउन थालिएको हो’लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भन्नु भयो–‘यो अवधीमा झण्डै एक सय घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।’
त्यस्तै जनता आवास मार्फत लोपन्मुख,अल्पसंख्यक समुदाय,विपन्न दलित, विपन्न मुस्लिम समुदायको लागि पक्कि घर बनाउने नीति छ । यही नीतिका आधारमा लुम्बिनी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्याल मार्फत एउटा घर निर्माण गर्न तीन लाख ३६ हजार रुपैयाँ अनुदानमा उपलब्ध गराइएको छ ।शिलान्यास कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का संयोजक नारायण डिसी छम्पाली,नेकपा एमालेका नेता रतनकुमार केसी, सनमकुमार पौडेल, शसीराम नेपाली,मुस्लिम समुदायका अगुवा अजमल सिद्धिकी, चेतकान्त खनाल,नविन ओली,पत्रकार भानु जोशी लगायतको उपस्थिती रहेको थियो ।