
Snmbs
Snmbs
Ges
Pbu
Sdc
Mbf
Dpm
snmbs
dpm
Dbc
Gesld


दाङ । देउखुरी उद्योग बाणिज्य संघले लमही बजारमा घर भाडा लिएर ब्यापार व्यवसाय गर्ने व्यापारीलाई भाडा छुट गराउने बारेमा घर धनीहरुलाई अपिल गर्ने निर्णय गरेको छ ।
बुधवार संघको लमहीमा बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । “लकडाउनले व्यापारीहरुको ब्यापार धरासायी परेको कारण घर भाडा छुट गरी दिए सहज हुने थियो कि भनेर हामी लागेका छौं”-अध्यक्ष खनालले भन्नु भयो । यदि स्वइच्छ्याले छुट दिने घरधनीलाई उच्च सम्मान गर्ने निर्णय भएको उहाँले बताउनु भएको छ ।
त्यसैगरि भर्खरै दाङमा सरुवा भएर आउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग र जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश प्रसाद काफ्लेलाई यहि असार २४ गते स्वागत गर्ने कार्यक्रम रहेको संघका उपाध्यक्ष केशबराज पोख्रेलले जानकारी दिनु भयो । साबिक राप्ती अञ्चलको मुख्य व्यापारिक केन्द्र कोइलाबासको भन्सारलाई चलायमान बनाउन पहल गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्ने ।
त्यस्तै लमही बजारमा यत्रतत्र पार्किङ्ग गरिएका सवारी साधनलाई पनि व्यवस्थित गराउनका लागि संघले व्यवसायीहरुसंग छलफल गर्ने भएको छ। छाडा रुपमा रहेका पशु चौपायालाई कसरी व्यवस्थित गरेर दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने बारे लमही नगरपालिकासंग समन्वय गर्ने भएको
छ ।
