दाङ । दाङ जिल्लामा जारी रहेको निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्बाईको छ । कोरोना संक्रमण कायमै भएकोले जारी लकडाउनलाई असार ३१ गते सम्म लम्बाईएको जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितीका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनु भयो ।
असार मसान्त चलिरहेको हुनाले स्थानिय तहका प्रमुखहरुको व्यस्थताका कारण आज जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बस्न नसकेपनि सबैसँग टेलिफोन मार्फत् अनुमती लिई लकडाउन थपिएको उहाँको भनाइ छ । यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निणर्यमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिनु भएको हो ।
यस्तै सार्वजनिक र निजी सवारीका साधनलाई सिट क्षमता अनुसार मात्रै यात्रु राखेर जिल्ला भित्र सञ्चालन गर्न उहाँले आग्रह गर्नु भएको छ । त्यस्तै, बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निणर्यलाई यथावत राखिएको उहाँले बताउनु भयो ।