
Ssbus
Jsbus
Gsbus
Pbu
Bksbus5
Syees
Nssbus7
syysr
Amb
Rbs
Ratbs
Csbus
dsbus
Gsl
gms
Ddhbs

Hal
Ksm
Bbbpu
Sls
Wsp
nsb
Rsb
Sbs
Asm
Ssm
Ggd
Bbu
Rgu
Rgs
Tsm
Pvg
Vor
Rgu
Gst

Bml
Ptm
Pls
sab
Jmb
Mks
Abd
Jmb
Rmb
bbt
Syp
Gsb
Rpp
बागलुङ। कोरोना संक्रमण फैलिन नदिन अहिले सबैले लक डाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अबलम्बन गर्न थालेका छन । विश्व अहिले कोरोना भाईरस कोभिड १९ को संक्रमणले आक्रान्त छ । ठुला विकसित राष्ट्र देखि साना देशहरुमा समेत दिनहुँ कोरोना भाईरसको संक्रमण बढदो क्रममा छ र स्थिती दिनहुँ भयावह बन्दै गईरहेको छ । नेपाल पनि कोभिड १९ बाट अछुतो रहन सकेन । २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट अहिले नेपालमा १४ जनामा कोरोना पुष्टी भएको छ । बागलुङमा पनि २ जना संक्रमण भेटिए सँगै नेपाल सरकारले बागलुङमा र्यापिड डाइगोनोस्टिक टेष्ट सुरु सम्पन्न गरेको छ । परिक्षणमा सबैको रिपोर्ट नेभेटिभ आएको छ यद्यपी आम नागरिकमा कोरोनाको भय र त्रास भनें यथावत छ । नेपाल सरकार, प्रदेश सरकार सँगै स्थानिय तहले कोरोना भाईरसको संक्रमण फैलिन नदिन विभिन्न उपायहरु अपनाउने क्रम तिव्र छ । एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला, एक पालिका देखि अर्को पालिका आवतजावतमा अहिले कडाई सँगै ठप्प पारिएको छ । कोरोना संक्रमणको जटिलता र जोखिम बढे सँगै प्रदेश नं ४ र प्रदेश ५ को सिमाना बागलुङ र गुल्मीको सिमाना गलकोट नगरपालिका वडा नं ८ काँडेबास र मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोट सादी खोलामा आजबाट बन्द गरिएको छ । काँडेबा वामीटक्सार सडकमा बाँसको तगालो सहित ताला लगाईएको गलकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए । एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्ला देखि अर्को जिल्ला र पालिकामा कोरोना संक्रमण फैलिन नदिन नाकामा तगालो लगाईएको वडा अध्यक्ष कँडेलले बताए । गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाको आपसी समझदारीमा नाका सिल गरिएको हो । लक डाउन अवधिभर अत्यावश्यकीय कामकाजको लागि गाडी र मान्छे आवतजावत गर्न सकिने मुसिकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नरेश खरेलले जानकारी दिए । उक्त रुट भएर चल्ने सवारी साधन र हिडडुल गर्ने मानिसले स्थानिय तहमा जानकारी गराउनु पर्ने बताईएको छ । विरामी, खाद्यान्न लगायतका कामकाजको लागि नाका खुलाईने स्थानिय सुरेन्द्र छन्त्यालले जानकारी दिए । यो नाका भएर छिमेकी मुलुक भारत, सुनौली, भैरहवा, बुटवल, पाल्पा, गुल्मीका विभिन्न स्थानमा आवतजावत गर्न सकिन्छ । सोमबार बडिगाड गाउँपालिकाले बडिगाड र गलकोटको सिमाना गिरङदी खोला पुलमा नाका सिल गरेसँगै यो नाका वैकल्पिक मार्गको रुपमा प्रयोग हुने हुँदा उक्त जोखिम कम गर्न नाका सिल गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । अहिले नाका सिल गरिए सँगै तगालोको चाबी वडा अध्यक्ष राम प्रसाद कँडेल, समाजसेवी सुरेन्द्र छन्त्याल र नाका नजिकका स्थानिय भविलाल गौतम सँग रहने गरि व्यवस्थापन गरिएको छ । गलकोट नगरपालिका वडा नं ८ को सकृयता र व्यवस्थापनमा नाका सिल गर्ने कार्य सम्पन्न गरिएको छ । नाका सिल गरिए सँगै आम नागरिकलाई अत्यावश्यक काम परे दुवै तर्फका वडा कार्यालयलाई आधिकारिक जानकारी गराउनु पर्ने वडा कार्यालयले जनाएका छन । लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन ।
