Sidha Patra मंगलबार, आषाढ ०८, २०७८

दाङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । अब भोली देखी सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था विहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् ।

अहिले यी कार्यालय एवं संस्था दिउँसो २ बजे सम्म खुल्दै आएका थिए । त्यसैगरी, बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिए । कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरुलाई आग्रह गरेको छ ।

यस्तै अहिले दाङमा २ सय ५६ जना कोरोनाका सकृय बिरामी रहेका छन् । ति मध्य १५ जना आईसियूमा उपचाररत रहेका छन् । गएको बैशाख यता दाङमा ७ हजार ७ सय २० जनामा कोरोना देखिएको छ भने ७ हजार २ सय ६६ जना निकोभएका छन् । संक्रमित मध्य १ सय ९८ जनाको मृत्युभएको आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गएको बैशाख १७ गते देखी लकडाउन जारी छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]