
cjs
Pbu
Pes
Lnp
Ggp
Rgp1
Rgp
Gfs
pku
Ses
Sgr
Unsku
Djs
Srbpu

Rgu
Ggd
Pvg
Asm
Bbu
Rgu
Gst
Hal
Rsb
Bbbpu
Ksm
Sls
nsb
Wsp
Ssm
Rgs
Tsm
Sbs
Vor

Ptm
Mks
Syp
sab
Jmb
Bml
Abd
Rmb
Jmb
Pls
Gsb
bbt
Rpp
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर –२ स्थित सिरुबारीमा मतदान सामग्री र निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
सोमबार देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ। उनको मन्थली अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो । घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटाइएको थियो । उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारमा रहेको रुद्राक्षश्वर माध्यमिक विद्यालयका शिक्षक थिए ।
त्यस्तै दुर्घटनामा घाइते भएका अन्य सात जनालाई हेलिकप्टर मार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन् । गाडीमा निर्वाचनका कर्मचारी तथा मतदान सामग्री रहेको जनाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
