
Unsku
Srbpu
Pbu
Lnp
Djs
Gfs
Pes
Rgp
cjs
Ses
pku
Ggp
Rgp1
Sgr

Pvg
Tsm
Ggd
Gst
Rgs
Hal
Ksm
Wsp
Vor
Sls
Bbu
Sbs
Ssm
Rsb
Asm
Rgu
Bbbpu
Rgu
nsb

Syp
Ptm
Rpp
Abd
Pls
Mks
Gsb
Rmb
Jmb
Jmb
sab
Bml
bbt
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ । कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ । निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । आचारसंहितामा प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ । कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ ।
त्यस्तै सञ्चार माध्यहरुले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ ।अनलाइनखबर
