Sidha Patra सोमबार, आषाढ ०७, २०७८

दाङ । आईतबार राती दाङको लमहीमा दुई महिलामाथी जबर्जस्ति हुनुका साथै एक जना पुरुष माथी कुटपिट र लुट्पिट भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुर जाने जङ्गलको बाटोमा हतियार सहित आएका केही युवाहरुको समूहले नगद ४५ हजार रुपैयाँ र गरगहना पनि लुटेर लगेको पीडितहरुले बताए । पीडित महिलाहरुले आफुहरु माथी जबर्जस्त करणी भएको बताए ।

लुटपाटमा संलग्न मध्य अन्दाजी २०/२१ वर्षका किरण बुढालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन । नियन्त्रणमा आएका र फरार रहेका युवाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

घटना कसरी भयो ?

आइतवार राती करिब साढे १० बजे तिर हो । एक सवारी चालक भन्छन्‘ मैले चलाउने रा १ ख २४१९ नम्बरको टिप्पर लिएर लमही तिर फर्किदै थिए । श्रीमतीलाई उपचार गराउनु पर्ने भएकोले दिदी सासू सहित श्रीमती पनि घर बाट आएका थिए । टिप्परमा लोड गरेको चुनढुङ्गा सम्राट सिमेन्टमा झारेर म लमही फर्किदै थिए । हाइबे सडक देखि उत्तर तर्फ सम्राट सिमेन्ट जाने जङ्गलको बिचमा एउटा मोटरसाइकलले बाटो छेक्यो । मोटरसाइकलले बाटो नछोडे पछि मैले टिप्पर रोके । टिप्पर रोकिना साथ ती युवाहरु आएर निहुँ खोज्दै हातपात गर्न शुरु गरे ।

म एक्लो मान्छे महिलाहरु साथमा भएकोले प्रतिकार गर्न सक्ने हिम्मत आएन । शुरुमा उनीहरुले मेरो श्रीमती र दिदी सासुको सल तानेर रुखमा बाँधि दिए अनि म सङ्ग भएको ४५ हजार रुपैयाँ खोसे । मलाई रुखमा बाधि सकेपछी दिदी सासू र श्रीमतीलाई हातपात गर्दै जबर्जस्ति गरे । जति रोएकराए पनि पापिहरुले छोडेनन ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित लमही कमानपुर सडक खण्डको बिचमा पर्ने जङ्गलमा तीन जनाको समूहले सम्राट सिमेन्टबाट चुनढुङ्गा छोडेर फर्किदै गरेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परमा चालक, उनकी श्रीमती र दिदी सासू सवार रहेका थिए । पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएका छन् । फरार रहेका युवाहरुको खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]