
Lsbus
Gsl
Gms
Ssbus
ebg
Ksbus
Ssbus
Gsbus
Ssbus
Gis
Nssbush
Ksbus
Gis
Ksbus
Rsbus
Ses
Gss
Gsbus
Bsbus
Lsbus

Ggd
Ssm
Sls
Rgs
Sbs
Tsm
Hal
Pvg
Gst
Rgu
Ksm
Bbu
Bbbpu
Vor
Rsb
Asm
Wsp
nsb
Rgu

Mks
Syp
bbt
Rmb
Rpp
sab
Jmb
Ptm
Jmb
Pls
Abd
Gsb
Bml
दाङ । मदनभण्डारी लोकमार्ग अन्तरगतको घोराही तापा सडक खण्डमा सडक र टिप्परको भार क्षमता अनुसार मात्रै टिप्परहरु चलाउनु पर्ने भन्दै स्थानियहरुले सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्पर सञ्चालनमा रोक लगाएका छन् ।
त्यस्तै उक्त सडक खण्डमा अहिले जलजला निर्माण कम्पनीले कालो पत्रेको काम गर्दै आएको छ । कालो पत्रे हुदै गर्दा टिप्परहरु सञ्चालनमा आउदा सडक विग्रन थालेको भन्दै स्थानियहरुले गुणस्तरीय कालोपत्रे हुनुपर्ने समेत माग गरेका छन् । सडक र टिप्परको भार क्षमता अनुसार मात्रै ढुवानी हुनुपर्ने त्यस भेगका स्थानियहरुले माग गरेका हुन् ।
यसैगरी बंगलाचुली गाउँपालिका सहित घोराही उपमहानगरपालिका वडा नम्बर १ र ४ का स्थानियहरुले सडक बलियो बनाउनुका साथै टिप्परहरुले पनि भार क्षमता अनुसार चुनढुंगा बोक्नुपर्ने माग गरेका छन् । स्थानियहरुले आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई भेट गरि विभिन्न ७ बुँदे माग राखेका छन् ।
त्यस्तै जस अनुसार सडक कालोपत्रे नहुदा सम्म टिप्पर चल्न नहुने, सडक बनेपछि टिप्परले भार क्षमता अनुसार ढुवानी गर्नुपर्ने, त्यसको ट्राफिकले नियमित जाँच गर्नुपर्ने, गति कम गर्नुपर्ने, रातको समयमा मात्रै ढुवानी गर्नुपर्ने, ६ चक्के टिप्पर मात्रै चलाउनुपर्ने र मावि हर्नोक र सवारीकोट विद्यालय क्षेत्रमा ब्रेकर राख्नुपर्ने माग सहितको पत्र नगर प्रमुख चौधरी र प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएका हुन् ।
यस्तै निर्माण कम्पनीको प्रमुख इश्वर पुनले सडक निर्माण नसक्दै टिप्परहरु चलाउदा आफु अप्ठेरोमा परेको बताएका छन् । सडक कालोपत्रे गर्दै आफु अघि बढेको पछि पछि टिप्परले सडक बिगार्दै गएको बताएका छन । निर्माण कम्पनीले जिल्ला प्रशासन र सडक डिभिजनलाई पत्र पठाई जानकारी समेत गराएको छ । टिप्पर सञ्चालन र सडकको बिषयमा आगामी आईतबार जिल्ला प्रशासनले सरोकारवालालाई छलफलमा बोलाएको छ ।
