
Gisld
mbd
Rbs
Mbdvs
Pbu
Sds

Pvg
nsb
Bbu
Wsp
Sls
Rgs
Asm
Ksm
Vor
Ggd
Rgu
Gst
Rgu
Tsm
Rsb
Hal
Ssm
Bbbpu
Sbs

Abd
sab
Rpp
Bml
Mks
Ptm
Gsb
Rmb
Jmb
Pls
Jmb
Syp
bbt
दाङ । देउखुरीमा सिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डी बाघ) को २ घण्टा लगाएर उद्दार कार्य गरिएको छ । अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ अर्जुन खोलाको ढिकमा सो हुँडार पासोमा परेकोे अबस्थामा फेला परेको थियो । हुँडारको नेपाल आर्मी र डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो ।
त्यस्तै सुरक्षाकर्मीको ब्यारेक नजिकै राती ३ बजे तिरको समयमा पासोमा परेको हुँडार कराएको सुनेपछि नेपाल आर्मीले वन कार्यालयलाई जानकारी गराएर हुँडारको उद्दार गरिएको नेपाली सेनानी मनोज थापाले बताउनु भयो । पासोमा हुँडार परेको खबर पाए लगत्तै घटनास्थल पुगेका वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनालले अन्य वन्यजन्तुका लागि सिकारीले थापेको पासोमा हुँडार परेको बताउनु भएको भयो । बदेल, राते, चित्तल लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पैलाएर पासो थापेको खनालले बताउनु भएको छ ।
यस्तै अजम्बरी सामुदायिक वन क्षेत्रमा बाक्लो जङ्गल भएका कारण त्यस क्षेत्रमा विभिन्न खालका वन्यजन्तु पाइनछन् । दाङ सङ्गै सटेको बाँके राष्ट्रिय निकुञ्जबाट पनि अजम्बरी सामुदायिक वनमा थुप्रै वन्यजन्तु आउने गरेको वनका अध्यक्ष पवन शर्मा रिजालले बताउनु भयो ।
त्यस्तै देउखुरी डिभिजन कार्यालय लमहीका वन अधिकृत पुरण प्रसाद चौधरी, रण सिंह दल गण अर्जुन खोला लमहीका सेनानी मनोज थापा, सहायक वन अधिकृत छोटेलाल चौधरी, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल, वन्यजन्तु अनुशन्धानकर्मी चिरञ्जीवी खनाल लगायतको टोली घटना स्थल पुगेर उक्त हुँडारको उद्दार गरेको थियो ।
