
Gsbus
Gss
ebg
Ksbus
Gsbus
Ksbus
Gsl
Gis
Ses
Pbu
Lsbus
Ksbus
Ssbus
Lsbus
Gis
Rsbus
Gis
Bsbus
Ksbus
Gsbus

Asm
Ggd
Rgs
Gst
nsb
Sls
Rgu
Tsm
Vor
Wsp
Sbs
Rgu
Rsb
Hal
Bbu
Bbbpu
Ssm
Pvg
Ksm

Syp
Gsb
Bml
Ptm
Pls
Mks
bbt
Jmb
Rmb
Abd
Jmb
Rpp
sab
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।
हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी टोली खटिएर कोइलाबासदेखि गढवा तर्फ आउँदै गरेको भे.१च.१८२१नं.को बोलेरो पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अवैध साल जातको २६ थान घप्पु ४५.४९ क्यु फिट काठ र चार जना तस्करलाई गाडी सहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनु भएको हो ।
त्यस्तै पक्राउ पर्नेहरुमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २१ को महेश पुन,सो स्थानमै बस्ने वर्ष २८ को बसन्त क्षेत्री,सोही वडामा बस्ने वर्ष २२ को बिनोद पुन,उक्त वडामै बस्ने वर्ष २८ को सुशिल घर्तिमगर रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनु भयो । त्यस्तै पक्राउ परेका चार जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीमा बुझाइएको छ ।
