Sidha Patra बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं । नेपालआ गएको २४ घण्टा भित्र दुई हजार ६ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार सात सय ६८ जनामा चार हजार सात सय ७३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै यो सहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार नाै सय ८४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ हजार ५६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

यस्तै यस अवधिमा दुई हजार एक सय ४१ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या पाँच लाख ४५ हजार ६ सय ६२ पुगेकाे छ । अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएकाे विवरणसहित थप ३९ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । यो सहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ९७ पुगेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]