
bpmhl
Ssbus
Lsbus
Bsbus
Gsbus
Lsbus
ebg
Gms
Ksbus
Gis
Gsbus
Gsl
Ssbus
Ses
Rsbus
Gis
Gss
Gsbus
Nssbush
Ksbus

Asm
Bbu
Ksm
Sls
Bbbpu
Pvg
Vor
Ggd
Hal
Rsb
Rgu
Wsp
Sbs
Rgu
nsb
Tsm
Gst
Rgs
Ssm

Gsb
bbt
Rmb
sab
Abd
Jmb
Jmb
Rpp
Mks
Pls
Ptm
Bml
Syp
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार भएको छ । आज विहान बरलाका ३ महिला र ९ परुष सोही ठाउँको नदीको बीचमा रहेको खेतमा काम गर्न गएका थिए । प्रेमलाल विकको खेतमा काम गर्दै गर्दा नदीमा बहाव बढेपछि उनीहरु नदीको बीचमा फसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता दामप्रसाद श्रेष्ठका अनुसार नदीमा फसेका १२ जनाकै सकुसल उद्धार गरिएको छ । उनीहरुको अघि ७ बजेमात्र उद्धार गरिएको भएपनि बीचमा फसेका १२ हल गोरुको भने उद्धार हुन सकेको छैन । नदीको वहावले गोरुलाई असर गर्ने अवस्था भने नरहे पनि जोखिम भने दिखिएको छ ।
त्यस्तै नदीको बीचमा फसको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुखको टोली उद्धारका लागि पुगेको थियो । नदीको वहाव धेरै भएपछि उद्धारका लागि हेलिकप्टर मगाइएको थियो । तर मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेको श्रेष्ठले जानकारी दिनु भयो । यस्तै पछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको थियो ।
त्यस्तै यता जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना जारी गरेर अझै केही दिन पानी पर्ने प्रक्षपण भएको र जोखिम रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ । आज साँझ सहाय प्रमुख जिल्ला अधिकारी थमन खड्काले सूचना जारी गर्दै जोखिम रहेको बस्तीलाई स्थानान्तर गर्न स्थानीय तहलाई आग्रह गर्नु भएको छ । वस्ती स्थानान्तर गर्नु परे सुरक्षा निकायको आवश्यकक्ताका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आम नागरिकलाई आग्रह गरिएको छ ।
त्यसैगरी सूचनामा खोलामा माछा मार्ने, पौडी खेल्ःने, दाउरा निकाल्ने जस्ता काम नगर्न, विपद प्रभावितहरुका लागि राहत सामग्रीको व्यवस्थापन गर्न, स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिलाई प्राथामिकतामा राख्न आग्रह गरिएको छ ।
