
Lnp
Sgr
pku
Pes
Unsku
sbs
Ggp
cjs
Djs
Rgp
Gfs
Pbu
Rgp1
Srbpu

Vor
Wsp
Tsm
Bbbpu
Rgs
Ksm
Rsb
Hal
Rgu
Gst
Ssm
Pvg
Sbs
Asm
nsb
Ggd
Sls
Rgu
Bbu

sab
Bml
Syp
bbt
Rpp
Rmb
Abd
Pls
Ptm
Jmb
Gsb
Jmb
Mks
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोलहीमा नगर स्वास्थ्य केन्द्र संचालनमा आएको छ । यो संगै लमही नगरपालिकाको नौ वटै वडामा नगर स्वास्थ्य केन्द्रको ब्यवस्थापन कार्य सकिएको छ । वडा नम्बर १ को बसन्तापुर, वडा नम्बर २ को बनकट्टा, वडा नम्बर ३ को टिकुलिगढ, वडा नम्बर ४ को सेम्रहवा, वडा नम्बर ५ को कोलही, वडा नम्बर ६ को मध्यनगर, वडा नम्बर ७ को बनगै, र वडा नम्बर ९ को अमिलियामा यस अघि नै नगर स्वास्थ्य केन्द्र स्थापना भैसकेको छ ।
त्यस्तै सामान्य उपचारका लागि लमही पुग्नु पर्ने बाध्यता हटेको स्थानिय गीता सुनारले बताईन् । वडा बाटै स्वास्थ्य उपचार पाउने भएपछी स्थानीयहरु खुसी भएका छन् । सबै नगर स्वास्थ्य केन्द्रमा एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगीको दरबन्दी रहने गरि ब्यवस्थापन गरिएको छ । त्यसैगरी पछिल्लो समय यता देउखुरी स्तरीय कोरोना अस्पताल लमहीमा कर्मचारी पठाउन परेकाले ती नगर स्वास्थ्य केन्द्रमा एक जनाबाट मात्र सेवा प्रवाह गरिएको स्वास्थ्य संयोजक लालमणी सुबेदीले बताए ।
वडा नम्बर ८ को सतबरिया र २ को सोनपुरमा रहेका स्वास्थ्य चौकीको सेवा विस्तार गरिएकोले ती वडामा नगर स्वास्थ्य केन्द्र नराखिएको लमही नगरपालिकाका स्वास्थ्य संयोजक सुबेदीले जानकारी दिए । नगरबासीलाई आधारभुत सेवा प्रदान गर्नका लागि लमही नगरपालिकाले बनाएको नीति अनुशार हामीले हरेक वडामा स्वास्थ्य केन्द्र ब्यवस्थापन गरेका हौं( नगर प्रमुख कुल बहादुर केसीले भने । निर्वाचित भएको पाँच वर्ष भित्र हामीले घोषणा गरेका चुनावी एजेन्डाहरु क्रमशः पूरा हुँदै गएको केसीको दाबी छ ।
यस्तै सबै वडामा केही समय पहिले नै ब्यवस्थापन गरि सक्नु पर्थ्यो, बिबिध कारणले समयमै काम गर्न सकिएन तैपनि हामीले सबै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएका छौं( उपप्रमुख देबका बेल्बासेले बताईन । कोलही टोल विकास समितिका सचीव सनिराम चौधरी, स्थानीय सुशीला शर्मा, लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य भगवता बस्नेत, दलित पत्रकार संघ दाङका उपाध्यक्ष प्रिया स्मृती गजमेर, वडा नम्बर ५ का वडाध्यक्ष विम बहादुर केसी, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन स्वास्थ्य संयोजक लालमणी सुबेदीले गरेका थिए ।
