
nsm
Pbu
Gsl
Ssbus
Ssbus
tssbus
Sssbus1
ssbus
Sssbus1
Ssbus

Hal
Pvg
Wsp
Asm
Tsm
Rgu
Sbs
Vor
Sls
Bbbpu
Gst
Bbu
nsb
Rgs
Ksm
Ssm
Rgu
Rsb
Ggd

Bml
Jmb
Rpp
Abd
Gsb
sab
Jmb
Pls
Syp
Ptm
bbt
Rmb
Mks
बुटवल । लुम्बिनी प्रदेशको आगामी आव २०७८र७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सरकारले प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत् मंगलबार नीति कार्यक्रम पेश गरेको थियो ।
त्यस्तै सरकारले कोभिड–१९, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । नीति कार्यक्रममाथि दुई दिनसम्म छलफल भएको थियो ।छलफलका क्रममा उठेका विभिन्न विषयमा मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिँदै नीति कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने गरी नै ल्याएको बताउनु भएको छ ।
यसैगरी धेरै माननीयहरुले कुरा उठाउनु भएको छ, नीति कार्यक्रम रंगिबिरंगी कागज जस्तो भयो भनेर,’ उहाँले जवाफ दिनु भयो, ‘नीति कार्यक्रम हुने नै त्यस्तै हो, मूल कुरा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने हो, सरकारले कार्यान्वयन हुने गरी नै ल्याएको छ ।’ उहाँले नीति कार्यक्रम कार्यान्वयन बजेट मार्फत हुने भएकाले त्यो सजिलै कार्यान्वयनमा जाने बताउनु भयो ।
यस्तै मुख्यममन्त्री पोखरेलको जवाफपछि सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । निर्णयार्थ प्रस्तुत गरेको नीति कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको घोषणा गर्नु भयो । यसअघि विपक्षी गठबन्धन सरकार अल्पमतमा रहेकाले नीति कार्यक्रम असफल गराउने प्रयासमा थिए ।
त्यस्तै ८३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा एमालेका ३८ सदस्य छन् । मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को उपदफा १ अनुसार एकल दलको बहुमतका आधारमा नियुक्त भएकाले त्यो संख्या प्रयाप्त नभएको भन्दै सरकार अल्पमतमा रहेको विपक्षी गठबन्धनले दाबी गर्दै आएको छ ।
यसैगरी प्रदेशसभामा रहेका जनता समाजवादीका चार जना सदस्य पार्टीको निर्णय विपरीत सरकारका सहभागी भएपछि कारबाहीमा परेका थिए । तर, उनीहरुको प्रदेशसभाको कारबाही सर्वोच्च अदालतबाट अल्पकालीन आदेशमार्फत पुनर्बहाली भएपछि अहिले सरकारमा सहभागी छन् ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले एमाले अहिले पनि राजनीतिक रुपमै बहुमतमा रहेको दाबी आइतबार पनि दोहोर्याउनु भएको छ । उहाँले सरकारसँग ४५ मत रहेको र अहिले राजनीतिक रुपमा एमाले ४१ मतमै रहेको बताउनु भयो । तर एमालेबाट निर्वाचित कपिलवस्तुका दृगनारायण पौडेलले वैशाख १९ गते नै राजीनामा दिनु भयो,जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भइसक्नु भएको छ ।
यस्तै दाङका अमरबहादुर डाँगीले वैशाख २२ गते प्रदेशसभा सदस्य पदबाट राजिनामा दिएर बस्नु भएको छ । दुवै सिट अहिले खाली छन् । दाङकै विमला खत्री वली उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकाले दल रोज्न पाउने अधिकार अन्तर्गत नेकपा माओवादी केन्द्र रोजेपछि एमाले ३८ सदस्यमा झरेको हो ।
त्यस्तै प्रदेशसभाका नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले नीति कार्यक्रम र बजेट जनताको आवश्यकताको विषय भएकाले अहिले पारित गर्न सरकारलाई सहयोग गरेको बताउनु भएको छ । तर, अल्पमतको सरकार भएकाले मुख्यमन्त्री पोखरेलले बहुमत सावित नगर्दासम्म नैतिकताको प्रश्न गरिरहने गरी विपक्षी गठबन्धनमा सहमति भएको उहाँले बताउनु भयो ।
