
tssbus
Pbu
Ssbus
Sssbus1
Ssbus
Sssbus1
nsm
Gsl
ssbus
Ssbus

Rgu
Rsb
Gst
Tsm
Rgs
Pvg
Bbbpu
Bbu
Sbs
Wsp
Hal
Vor
Ggd
Rgu
Asm
Ksm
nsb
Ssm
Sls

Ptm
Rpp
Jmb
bbt
Gsb
Jmb
Rmb
Pls
Bml
Mks
Syp
Abd
sab
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।
यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरे ।
‘सभामा प्रस्तावको पक्षमा रहेका माननीय सदस्यहरुको संख्या बढी देखिएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख थापाले भने । बैठकमा मत विभाजन नगरी सभामुखले प्रस्तावको पक्षमा हुनेलाई हुन्छ र विपक्षमा हुनेलाई हुन्न भन्न आग्रह गरेका थिए । सो क्रममा नेकपा एमाले ओली समूहका ७ जना प्रदेशसभा सदस्यले हुन्न भनेका थिए ।
प्रदेश संसदीय दलले ह्वीप जारी गरेको अवस्थामा पनि एमाले ओली पक्षका सांसदले विपक्षमा मत व्यक्त गरेका हुन् । पार्टीले सरकारले दिएको समर्थन फिर्ता लिइसकेकाले नीति तथा कार्यक्रमको विपक्षमा मत व्यक्त गरेको प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य मौन बसेका छन् । गत बिहीबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए । प्रदेश सरकारले असार १ गते दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । साभार अनलाइनखबर
