Sidha Patra आइतबार, जेठ ३०, २०७८

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरे ।

‘सभामा प्रस्तावको पक्षमा रहेका माननीय सदस्यहरुको संख्या बढी देखिएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख थापाले भने । बैठकमा मत विभाजन नगरी सभामुखले प्रस्तावको पक्षमा हुनेलाई हुन्छ र विपक्षमा हुनेलाई हुन्न भन्न आग्रह गरेका थिए । सो क्रममा नेकपा एमाले ओली समूहका ७ जना प्रदेशसभा सदस्यले हुन्न भनेका थिए ।

प्रदेश संसदीय दलले ह्वीप जारी गरेको अवस्थामा पनि एमाले ओली पक्षका सांसदले विपक्षमा मत व्यक्त गरेका हुन् । पार्टीले सरकारले दिएको समर्थन फिर्ता लिइसकेकाले नीति तथा कार्यक्रमको विपक्षमा मत व्यक्त गरेको प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य मौन बसेका छन् । गत बिहीबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेका थिए । प्रदेश सरकारले असार १ गते दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । साभार अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]