
tssbus
ssbus
Pbu
Ssbus
Sssbus1
Ssbus
Gsl
Sssbus1
nsm
Ssbus

Rsb
Ggd
Sls
Hal
Gst
Sbs
Rgs
Tsm
nsb
Ksm
Rgu
Vor
Bbbpu
Pvg
Asm
Rgu
Bbu
Ssm
Wsp

bbt
Jmb
Mks
Pls
Bml
Ptm
Syp
sab
Abd
Rpp
Rmb
Gsb
Jmb
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (आज) प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।
नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताए । ‘यसपटक खासै नयाँ कार्यक्रम हुने छैनन्, मूलरूपमा कोरोना नियन्त्रण, कोरोनाले अर्थमन्त्रमा पारेको असर न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रम आउँछ’–प्रवक्ता चौधरीले भने । विपक्षी दलहरुले नीति तथा कार्यक्रमपछि विनियोजन विधेयक पेश गर्नुपर्नेमा पहिल्यै विनियोजन विधेयक पेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकार अल्पमतमा परेकाले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने नियतले नीति तथा कार्यक्रम अगावै विनियोजन विधेयक ल्याइएको विपक्षी दलहरुको आरोप छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएका थिए । सोही आधारमा विपक्षी दलहरुले अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीको राजीनामा वा बहुमत सिद्ध गर्न विश्वासको मत लिन माग गर्दै आएका छन् । सरकारका प्रवक्ता चौधरीले भने सरकार बहुमतमै रहेकाले संसदबाटै बजेट ल्याउने दाबी गर्छन् । साभार अनलाइनखबर
