Sidha Patra आइतबार, जेठ २३, २०७८

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको पुर्ण बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भर्चुअल माध्यमबाट मिति २०७८ जेष्ठ २३ गते सम्पन्न भएको छ । बैठकलाई केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापाले सम्बोधन गर्नु भएको थियोे । बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

१ अहिले कोभिड संकटका कारण सिङ्गो देश आक्रान्त बनेको छ । हाम्रो जिल्ला पनि धेरै संक्रमीत हुने जिल्लामा रहेको छ । यसैका कारण निषेधाज्ञा लागू भएको पनि एक महिना भन्दा बढी भएको छ । संक्रमितको राम्रो उपचार हुन सकेको छैन । काम बिहिन भएका मजदुरहरुको दैनिक खर्च चलाउन गारो भएको छ । अत्यावश्यक कामले सबारी साधन प्रयोग गरि यात्रा गर्नुपर्ने नागरिकलाई झन्जटिलो विधि अपनाएर सताउने काम भएको छ । क्न्ट्रयाक ट्रेसिङको काम नै भएको छैन । पिसिआर परिक्षण आम नागरिकको पहुचमा पुग्नै सकेको छैन । त्यसैले यी सबैकुरा सहज , सर्बसुलभ र निसुल्क ब्यबस्था गर्न जरुरी छ । संक्रमीत र आम नागरिकमा डर त्रासको बाताबरण भएको तथा कतिपय नागरिक भोक भोकै बस्नु पर्ने अबस्था आएकोले उपलब्ध भए सम्म स्वास्थ्य कर्मी सहित सहयोग र सहजीकरणको लागि प्रत्यक वाड्मा तीन देखि पाच जना सम्मको टोलि संक्रमीत , सम्भाबित र बिपन्न नागरिकको घर घरमा पुग्ने निर्णय भयो।

२ ओलि सरकारको असम्बैधानिक,अधिनायकवादी र राष्ट्रघाती कदमको बैठकले बिरोध गरेको छ । अहिले उक्त कदमका विरुद्ध आन्दोलनमा जाने अवस्था नभएकोले भर्जुवल माध्यमबाट ओलि सरकारको असम्बैधानिक , अधिनायकवादी तथा राष्ट्रघाती कदम र सयुक्त आन्दोलनको आबस्यक्ता विषयक अन्तर्कृया कार्यक्रम जेष्ठ २६ गते गर्ने निर्णय भयो ।

३ दाङ देउखुरीको राप्ती नदि बाट नदि जन्य पदार्थको अनियंत्रित रुपमा उत्खनन भएकोले बैठकले त्यसको बिरोध गरेको छ । बारम्बार पुलिस प्रसासन लाई भन्दा पनि त्यो कार्य रोकिएको छैन । त्यसका विरुद्धमा आम नागरिक को साथमा आन्दोलनलाई अगाडी बढाउदै जाने र तत्काल उत्खनन कार्य रोक्ने माग सहित सबै पालिकामा ज्ञापनपत्र बुझाउने निर्णय भयो ।

४ अन्तमा कोभिड संक्रमितको स्वास्थ्यलाभ र मृतक सबै प्रती बैठकले श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त सबैमा गहिरो समबेदना प्रकट गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]