मेगमन बुढा मंगलबार, जेठ १८, २०७८

दाङ । देउखुरीमा आज दिउँसो चलेको ठुलो हावाहुरीले राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला गाउँमा संचालन रहेको विद्युतको ५ वटा पोल भाचिदा बिजुली बत्ती अबरुद्ध भएको छ ।

यस्तै मंगलबार बिहान ११ बजेतिर चलेको ठुलो हावाहुरीले राजपुरको वडा नम्बर २ मटेरिया देखि वडा नम्बर १ कठबेरुवा हुँदै गुरुङ खोला गाउँमा संचालन रहेको विद्युत लाइनको पोल भाचिएपछि उक्त गाउँको बिजुली लाइन अबरुद्ध भएको हो ।

त्यस्तै अन्दाजी ३ सय ५० घरधुरी भन्दा बढी रहेको सो गाउँको बिजुली लाइन पोल भाचिएर अबरुद्ध भएपछि,गाउँ नै पुरै अन्धकार भएको राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाले जानकारी दिनु भयो । यस्तै अध्यक्ष बुढाले तत्काल ५ वटा पोल भाचिएको र अरुपनि जंगलमा पोल कर्‍याक भएको तथा अन्य धेरै भाचिएर,ढलेको हुन सक्ने बताउनु भएको छ ।

त्यसैगरी वडा अध्यक्ष बुढाले हिजो आज गरमीको मौसम तथा किराकातीको ठुलो डर हुने भएको हुँदा सो समस्या तत्काल समाधान गरिदिन हुन उक्त लाइनसंग सम्बन्धि विद्युत प्राधिकरणलाई अनुरोध गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]