
gis
Csb
mss
Ppu
Rsb
Gsb
Ssb

Ssb
Tsb

Nps
Rgu
गुल्मी । गुल्मीमा जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाउने माथी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी गरिएको निषेधाज्ञामा उल्लङ्घन गरि चलाईएका साना–ठुला गरी ६० वटा सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरिक्षक कृष्णप्रसाद आचार्यले बताउनु भयो ।
त्यस्तै निषेधाज्ञामा तम्घास बजारका बिभिन्न स्थानमा गरिएको चेक जाँचमा सवारी साधानहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ५५ वटा मोटरसाईकल र ५ वटा ठूला सवारी रहेका छन् । निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाउने माथी गरिएको कारवाहीमा ५ हजार ५ सय राजस्व संकलन भएको आचार्यले बताउनु भएको छ । तम्घास बजामा निषेधाज्ञा उल्लङ्घन गरि सवारी अत्याधिक मात्रामा चल्न थालेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई, शसस्त्र प्रहरी प्रमुख डिएसपी अशोक लम्साल सहितको टोली नै चेक जाँचमा खटिएका थिए ।
यस्तै नियन्त्रणमा लिएका सवारीलाई कानुन बमोजिमको कारवाही गरी कानुनी प्रक्रिया अनुसार छाडिएको प्रहरीले जनाएको छ । जिल्लामा जेठ २४ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।
त्यसैगरी जिल्लामा कोभिडको दोस्रो लहरबाट ६ सय ३२ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ५ सय ७२ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।
