
Dus
Rgp
Rgp
lnp
Lks
ksb
Rgp
Ggp
Sgp
Asb
Jns
Rgp
Lnp
Ggp
Usb

lms

दाङ । प्रदेश वा संघको मातहतमा रहने गरि लमहीमा ५० शैयाको जिल्ला स्तरिय अस्पताल निर्माणका लागी पहल अघि बढाईने भएको छ । देउखुरीको लमहीमा आज सम्पन्न राजनितिकदल तथा अन्य सरोकारवाला निकायहरुको छलफलले प्रदेशको राजधानी रहेको देउखुरी उपत्यकामा एउटा पनि भरपरर्दो स्वास्थ्य निकाय नहुदा यहाँका नागरिकले सामान्य उपचारका लागी समेत बाहीर जान पर्ने बाध्यतातमक परिस्थितिको श्रृजना भएकोले देउखुरीमा जिल्ला स्तरिय अस्पताल निर्माणका लागी प्रदेश र संघमा पहल गर्ने निर्णय गरिएको छ ।
त्यस्तै यस अघि कोरोना भाईरसको प्रकोपबाट नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने सवालमा देउखुरीका सरोकारवाला निकायहरुले चासो ब्यक्त गरेका छन् । तिब्ररुपमा फैलिएको कोरोनाको दोस्रो लहरबाट मानबिय क्षेति बढ्न थालेपछि त्यसको प्रकोपबाट नागरिकलाई सुरक्षित राख्न तथा उनिहरुलाई स्वास्थ्य सेवाको सहज पहुच पुर्याउन के गर्न सकिन्छ भन्ने सवालमा सोमबार देउखुरीका बिभिन्न राजनितिकदल र अन्य सरोकारवाला निकायहरुबिच परार्मश गरिएको हो ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पान्डेयको पहलमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोनाको महामारीबाट नागरिकलाई बचाउनु जिम्मेवार निकायको पहिलो दायित्व भएकाले भरपर्दो स्वास्थ्य उपचार सेवा प्रदानका लागि बिशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यस्तै बेड र अक्सजिनकोे अभाबमा समयै उपचार नपाउदा कोरोना सक्रमीत धेरै नागरिकले अकालमा ज्यान गुमाउनु पर्यो,कतिपय अस्पतालमा उपचारका लागि आएका कोरोनाका शकास्पस्द बिरामीले समयमा उपचार पाउन सकेनन र ज्यान गुमाउन बाध्य भए अब थप मानबिय क्षेति नहोस भन्नका लागी देउखुरी क्षेत्रमा भएका अस्पताल स्वास्थ्य , चौकी कोरोना अस्पताल र आईसुलेसन सेनटरलाई थप ब्यबस्थित बनाउन आबश्यक छ नेपाली काग्रेशका नेता जानकीलाल बस्नेतले भन्नु भयो ।
त्यस्तै उहाले स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रलाई तत्कालिन रुपमा मात्र नहेरि दिर्घकालिन रुपमा भरपर्देा स्वास्थ्यउपचार सेवाका लागि लमही अस्पताललाई ५० शैयाको जिल्ला स्तरीय अस्पतालको रुपमा अघिबढाउन जरुरीरहेको बिचार ब्यक्त गर्नु भयो । नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पान्डेयले देउखुरी उपत्त्यका भरि रहेका स्वास्थ्य क्षेत्र र निर्माण गरिएका कोरोना अस्पताल तथा सवास्थ्य चौकी, आईसुलेसन सेन्टरको अनुगमन गरि बर्तमान अबस्थाका बारेमा जानकारी लिनुका साथै भोलिका दिनमा थप मानबिय क्षेति नहोस भन्नका लागी स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन जरुरीरहेको बताउनुभयो ।
त्यस्तै एमालेका लमही नगर ईन्चार्ज नारायण डिसी छम्पालीले नदिजन्य पर्दाथको अबैध उत्खनन् रोक्न सरोकारवाला निकायले ध्यान दिन आबश्यक छ भन्नु भयो । उहाले लमही अस्पतालको स्तरबृदि गरि जिल्ला स्तरीय अस्पताल बनाउन पहल थाल्न जरुरीरहेको बिचार ब्यक्त गर्नु भयो । उहाले कोभिड सक्रमणलाई रोक्न राज्यले प्रभाबकारी कदम चाल्न जरुरीरहेको बताउनु भयो । नेपाली काङ्ग्रेस महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीले अस्पताल तथा उपचार केन्द्रहरुमा कोभिडका लागि आवश्यक स्वास्थ्य सेवामा भुमिका खेल्नुपर्ने बताउनु भयो । नेपाली काङ्ग्रेसका अग्रज नेता रेशम बहादुर खड्काले आर्थिक स्रोत नभई अस्पताल प्रशासन र कर्मचारीबिचको मतएकताको अभाबमा अस्पतालमा सेवा प्रबाहमा समस्या उत्पन्न भएको आसंका गर्नु भयो ।
यस्तै माओबादी केन्द्रका क्षेत्रिय सचिब बसन्त बिक्रान्तले कोरोनाका शकास्पस्द बिरामीका लागि कोरोना जाँच गर्नुपर्ने भएकाले सरकारले त्यता ध्यान दिन जरुरीरहेको बताउनु भयो । नेकपा एमालेका क्षेत्रिय सचिब मीना गुरुङले स्थानीय सरकार सहित सरोकारवाला निकाय बीच छलफल गर्न जरुरी रहेको धारणा राख्नु भयो । सो अबसरमा बोल्ने बक्ताहरुले लमहीको अस्पताल र कोरोना अस्पताललाई थप ब्यबस्थित र स्तरीय बनाउनुपर्ने, बिरामीहरुलाई आबश्यक स्वास्थ्य सेवा सरल र सहज रुपमा हनुपर्ने र प्रर्शाह गरिएको सेवाको नागरिक अगुवाहरुले अनुगमन गर्न आबश्यक रहेको बिचार ब्यक्त गर्नु भएको छ ।
यस्तै सो अबसरमा राजमोका हरि थापा,चेम्बर अफ कर्मशका अध्यक्ष अजय न्यौपाने,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, नेपाली काङ्ग्रेसका नेता कर्ण बहादुर बुढाथोकी मधुन्यौपाने, नेपाली काग्रेश क्षेत्र नम्बर १ प्रदेश खका शभापति देवानगज चौधरी, रेशम बहादुर खड्का,रेडियो हाईवेका प्रबन्ध निर्देशक केपि घिमिरे,पत्रकार दिवाकर पोख्रेल लगायतले बोल्नुभएको थियो ।
यसैबिच आज सम्पन्न छलफलले प्रदेश वा सघको मातहतमा रहने गरि देउखुरीको लमहीमा रहेको असपताललाई ५० शैयाको जिल्ला स्तरिय अस्पताल बनाउनका लागी प्रदेश सरकार संग माग गर्ने र यसका लागी स्थगानीय सरकारसंग समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ । कार्यक्रम नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पान्डेको अध्यक्षतामा भएको थियो ।
