Sidha Patra सोमबार, जेठ १७, २०७८

दाङ । आज दाङमा राष्ट्रियसभा सदस्य उपनिर्बाचनको लागि मतदान सुरू भएकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको पहिलाे मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल गर्नु भएको निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।

त्यस्तै मतदानका लागि तीन वटा मतदान केन्द्र तयार गरिएको छ । जसमा प्रदेशसभा सदस्यका लागि क, स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि ख र कोरोना सङ्क्रमित मतदाताहरूको लागि ग मतदान केन्द्र बनाइएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिएका छन् । राष्ट्रियसभा सदस्य पदका लागि नेकपा एमालेबाट चन्द्र बहादुर खड्का र नेपाली काँग्रेसबाट दिर्घनारायण पाण्डे उम्मेदवार बनेका छन् ।

यस्तै काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादी पाटी र जनमोर्चाको पनि समर्थन रहेको छ । लुम्बिनी प्रदेशसभाका ८३ जना र प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय १७ जना गरी कुल २ सय ९६ जना मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनु भयो । प्रदेशका स्थानीय तह अन्तर्गत एमालेका ९१, काँग्रेसका ६४ , माओवादी केन्द्रका ३९ , जसपाका १३ , जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना मतदाता रहेको अधिकृत भट्टराईले जानकारी दिनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]