
Asbus
Msbus
Ggp
Ksbus
Rgp
Lnp
Ksbus
Ggp
Sdc

दाङ । लमही स्थित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्रले अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको छ । लमही अस्पतालको स्वामित्वमा रहने गरि अस्पताल हाताभित्र प्लान्ट निर्माण कार्य अगाडि बढाइने छ ।
सामान्यतया अस्पताललाई आवस्यक पर्ने उत्पादन क्षमताको प्लान्ट जडान गरिने बताइएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले मानव स्वास्थ्यमा गम्भीर असर पारि अक्सिजन बिना मान्छे बचाउन नसकिने अवस्थाको सृजना भएको हुँदा ७०/८० लाख रकमको प्लान्ट निर्माण गरिने संस्थाका अध्यक्ष रतन कुमार केसीले बताउनु भएको छ ।
यस्तै देउखुरीमा रहेका सबै स्थानीय निकाय,जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ संस्था उद्योगी, ब्यापारी, व्यावसायि, पेशाकर्मी, बुद्धिजीवी, समाजसेवि एवं आमनागरिकसंग आर्थिक, नैतिक, भौतिक सहयोग जुटाइ सो प्लान्ट निर्माण गरिने संस्थाका उपाध्यक्ष मनिराम केसीले जानकारी दिनु भएको छ ।
यसरी दाताबाट उठेको रकम लमहीमा छिटो छरितो सेवा प्रदान गर्न सक्ने बैंक छनौट गरि अध्यक्ष, कोषाध्यक्ष र स्थानीय वडाको जनप्रतिनिधिको संयुक्त दस्तखत बाट संचालन हुने गरि बैंक खाता खोलि जम्मा गर्ने निर्णय समेत भएकोछ ।
छिटो भन्दा छिटो रकम जम्मा गरि १०/१२ दिन भित्र प्लान्ट जडान गरि नागरिकलाई अक्सिजन सेवा प्रदान गर्न अध्यक्ष रतन कुमार केसीले रु १ लाख रकम आफैले खातामा हाल्ने घोषणा गर्नु भएकोछ । यो सम्बन्धि बिस्तृत छलफलका लागि आजै लमही नगरपालिकाले बोलाएको जानकारी पनि अध्यक्ष केसीले दिनु भएको छ ।
