Sidha Patra बिहिबार, जेठ ०६, २०७८

बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे र ईयाज अख्तार मुसलमानमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डे र ईयाजमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।

तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन ।

उनीहरुको शरीरका दुई स्थानमा गोली लागेको जनाइएको छ। गोली प्रहार लगत्तै उनिहरुलाई कपिलवस्तुमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेज लगिएको कपिलवस्तु प्रहरीले जनाएको छ।

यता माओवादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटना आफुहरुले थाहा पाएको र यसको बारेमा थप विवरण प्राप्त नभएको जनाए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पहिलो पोस्ट

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]