
Ratbs
Ssbus
Csbus
Ddhbs
Gsl
Bksbus5
dsbus
Gsbus
Jsbus
gms
Rbs
Pbu
Amb
Nssbus7

Bbbpu
Pvg
Gst
Rgs
Rsb
Vor
Rgu
Sls
Ggd
Ksm
Wsp
Hal
Ssm
nsb
Bbu
Asm
Rgu
Tsm
Sbs

Pls
bbt
Mks
Bml
Rpp
Syp
Abd
Jmb
sab
Ptm
Gsb
Jmb
Rmb
दाङ ।बर्तमान युग लाई बैज्ञानिक युग,आधुनिक युग, प्रबिधिको युग भनिन्छ। नेपाल मा लोकतन्त्र को स्थापना पछि थोरै भए पनि बैज्ञानिक युग को अनुभुति गर्न पाईएको छ । म १० कक्षा सम्म पढ्दा मेरो डक्टर गुरूवा,धामी,झाक्री हुन्थ्यो, मिनरल वाटर खोलाको जरूवाको पानी हुन्थ्यो,कपाल नुहाउने स्यमफु खली र कमेरो माटो हुन्थ्यो,लुगा धुने तातो पानीमा उमालेको खरानी हुन्थ्यो,बस्ने घर झुपडी, खाने आटो ढिँडो,सुत्ने पराल बिछाएर,पाहुना आए बस्ने गुन्द्री,भोज भतेरमा खाने थाल टपरी आदि आदि। बिकास भन्ने कुरा शिक्षाको पहिलो कदमबाट हुन्छ । अज्ञानता र अशिक्षाले बिकास,सम्बृद्धि हुदैन ।
हामी करोडौं पैसा लगाएर जग्गा पलटिङ गर्न तयार छौं, होटल,सिनेमा हल बनाउन तयार छौं तर अस्पताल खोल्न हिचकिचाउछौ कारण यसको लागि पढ्नु पर्छ, सबैबाट संभव हुँदैन। बिरामी काठमाडौँमा मात्रै हुदैनन् नेपालको सबै क्षेत्रमा मेडिकल कलेज खोल्नु पर्छ भनी माग राख्दै गरदा डाक्टर गोविन्द केसीलाई पागल भनियो अहिले अस्पताल खोई, अक्सिजन खोई भनि कराई रहेका छौ। एक लाख उपचार हुने अस्पतालको ब्यबस्था छ,बिस लाख उपचारको खोजीमा छ । कसरी उपचार हुन्छ। यो कोरना महामारी त कास्टिङ मात्र हो ।
त्यस्तै मान्छेको बिलासिता,मापदण्ड बिपरितको औधोगिक बिकास र पर्यावरणको बिनाशले झन्-झन् समस्या आउने देखिन्छ। साझा मानब हितको कार्यमा सबै मिली एक हौ। यो कठिन परिस्थितिको घडीमा एकले अर्को दोषारोपण गरेर झन परिस्थिति बिगारनु भन्दा जस्ले जे सक्छौँ त्यही सहयोग गरौ र यो महामारीलाई परास्त गरौ। सकारात्मक सोचले नै यो महामारीलाई जित्न सकिन्छ। यस्तो बिषय परिस्थितिमा मानवता भाव राखेर तन,मन,धनबाट सहयोग गरिरहनुभएका सम्पूर्ण महान सहयोगी दाताहरुलाई कोटी-कोटी नमन गर्दछु र अझै सहयोगको अपेक्षा राख्दछौँ।
कोरनाको कहरबाट र बिभिन्न कारणले दिंबागत आत्माहरूको चिर शान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, परिवार जनहरूमा धैर्य धारणको शक्ति प्रदान होस भनि भावपूर्ण हार्दिक समवेदना प्रकट गर्दछु साथै उपचारात सम्पूर्ण बिरामी हरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सरकार तथा राष्ट्रिय,अन्तर्राष्ट्रिय सबै निकाय कोरनाबाट बचाउन लागि पर्न अनुरोध गर्दछु । गोबिन्द कुमार ओली- गढवा गाउँपालिका लेखा समिति संयोजक तथा वडा नं ५ को वडा सदस्य देउखुरी दाङ,लुम्बिनी प्रदेश नेपाल । धन्यवाद
