
Gsb
Bsn
Usb
Ssb
Nsb
Ksb
Csb
Rsb
Rks
Ksb
Ksb
Tgp
Ppu
Fmb
Ssb
jsb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
ptl
Nps
दाङ । वाइसीएल दाङ्ग जिल्ला कमिटीका सदस्य तथा लमही नगर कमिटीका इन्चार्ज रबिध्वज थापा मातृशोकमा पर्नु भएको छ। बिगत दुई वर्ष पहिले देखि क्यान्सर रोगले थलिनु भएकी थापाकि आमाको शुक्रबार निधन भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
लगातार दुई वर्ष बढिसम्म क्यान्सर रोगसँग लड्नु भएकी थापाको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उहाँका श्रीमान,चार भाई छोरा / बुहारी र एक छोरी सहित नातिनातिनाहरु रहनु भएको छ। करिव तीस वर्ष अघि देखि दाङ, देउखुरी स्थित साविकको सोनपुर ५ र हाल लमही नगरपालिका ३ स्थित जखेरा तालका स्थाइ बासिन्दा थापाको परिवार र टोल छिमेक यतिबेला शोकमग्न बनेको छ। घरमै निधन भएकी थापाको शुक्रबार नै राप्ती नदिमा अन्त्यष्टी गरिएको हो ।
त्यस्तै थापाका दुईभाइ छोराहरु तत्कालीन जनमुक्ति सेनामा रहेर देशको सेवामा उत्रनु भएको थियो भने एकभाई छोरा भुमिगत काल देखिनै योङ कम्युनिष्ट लिग (वाइसीएल) मा रहेर आफ्ना गतिविधिहरु अगाडि बढाउनु भएको थियो ।
