
Ggp
Rgp1
Lnp
sbs
Rgp
cjs
pku
Srbpu
Unsku
Sgr
Pes
Pbu
Gfs
Djs

Vor
Gst
nsb
Sbs
Ggd
Rgu
Ksm
Sls
Hal
Rgu
Bbbpu
Bbu
Asm
Rgs
Tsm
Ssm
Rsb
Pvg
Wsp

Mks
Rmb
bbt
Jmb
Jmb
Gsb
Bml
Syp
Rpp
sab
Ptm
Pls
Abd
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा लमहीमा निर्माण गरिएको आइसियुलेसन कोरोना अस्पताललाई हालसम्म भरिभराउ ५६ वटा अक्सिजन ग्यास उपलब्ध गराएको छ ।
अस्पतालमा खाली भएका अक्सिजन ग्यास सिलिन्डरमा संस्थाले नेपालगन्ज,घोराहीदेखि अनुकुल मिलाएर क्रमशः ग्यास भरेर उक्त आइसियुलेसन अस्पताललाई उपलब्ध गराएको संस्थाका अध्यक्ष दण्डीराम चौधरीले जानकारी दिनु भयो ।
अध्यक्ष चौधरीका अनुसार सो अस्पताललाई संस्थाले ११ वटा अक्सिजन ग्यास सिलिन्डर खरिद गरेर उपलब्ध गराइसकेको बताउनु भएको छ । यस्तै उहाँले घर प्रयोजनका लागि खरिद गरि प्रयोग गरेर हाल खाली राखिएका सिलिन्डरको खोजी कार्य गरिरहेको समेत जानकारी दिनु भयो ।
त्यस्तै संस्थाले यस अघि कोरोना अस्पताललाई माक्स उपलब्ध गराई सकेको र अब खाली सिलिन्डर खोजी गरि त्यस सिलिन्डरमा अक्सिजन ग्यास भरेर अस्पताललाई उपलब्ध गराइने अध्यक्ष चौधरीले बताउनु भएको छ ।
