भानु जोशी/लमही आइतबार, बैशाख २६, २०७८

दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा लमहीमा निर्माण गरिएको आइसियुलेसन कोरोना अस्पताललाई हालसम्म भरिभराउ ५६ वटा अक्सिजन ग्यास उपलब्ध गराएको छ ।

अस्पतालमा खाली भएका अक्सिजन ग्यास सिलिन्डरमा संस्थाले नेपालगन्ज,घोराहीदेखि अनुकुल मिलाएर क्रमशः ग्यास भरेर उक्त आइसियुलेसन अस्पताललाई उपलब्ध गराएको संस्थाका अध्यक्ष दण्डीराम चौधरीले जानकारी दिनु भयो ।

अध्यक्ष चौधरीका अनुसार सो अस्पताललाई संस्थाले ११ वटा अक्सिजन ग्यास सिलिन्डर खरिद गरेर उपलब्ध गराइसकेको बताउनु भएको छ । यस्तै उहाँले घर प्रयोजनका लागि खरिद गरि प्रयोग गरेर हाल खाली राखिएका सिलिन्डरको खोजी कार्य गरिरहेको समेत जानकारी दिनु भयो ।

त्यस्तै संस्थाले यस अघि कोरोना अस्पताललाई माक्स उपलब्ध गराई सकेको र अब खाली सिलिन्डर खोजी गरि त्यस सिलिन्डरमा अक्सिजन ग्यास भरेर अस्पताललाई उपलब्ध गराइने अध्यक्ष चौधरीले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]