भिसुन साही ठकुरी/भालुबाङ आइतबार, बैशाख २६, २०७८

दाङ । काेभिडकाे महामारिमा देशभर अक्सिजनकाे अभाव देखिएकाे र यस्ताे विपत्तिको सामना गर्न राप्ती गाउँपालिका देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ ।

राप्ती गाउँपालिकामा कोभिडको बिरामी हरु अक्सीजन अभावका कारण कोभिड बिरामीलाई अन्यत्र जिल्लामा लगिने भएकोले निम्न आयस्रोत भएका ब्यक्तिहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका संयोजक तथा समाजसेवी गन्ज बहादुर विष्टले जानकारी दिनु भयो ।त्यस्तै अक्सिजनको कारणले कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै यो अभियान सुरु गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खडकाले जानकारी दिनु भयो । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि देश भरका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । यतिबेला अक्सिजन उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

यसैगरी राप्ती अञ्चलको अटो इन्जिनियरिङ एसोसिएसन शाखा भालुबाङले पनि ७ वटा खाली सिलिन्डर राप्ती उद्योग वाणिज्य संघलाई हस्तानतरण गरेको छ। अन्य क्रसर उद्योग,बोडी कारखाना ,ग्रीक उद्योगबाट पनि संकलन गरी अक्सिजन भर्न घोराही पठाइएको छ । भरेर ल्याएका सिलिन्डरहरु राप्ती गाउँपालिकामा र सिसहानियामा रहेको २० वेडको आइसुलेसनमा राखिने भएको छ ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]