
Djs
Rgp1
Lnp
Ggp
Pbu
sbs
Rgp
Sgr
pku
Unsku
Pes
Srbpu
cjs
Gfs

Ggd
Vor
Ksm
Tsm
Rgs
Asm
Wsp
Rgu
Rgu
Bbbpu
Gst
Pvg
Sls
Bbu
Sbs
nsb
Ssm
Rsb
Hal

Rmb
Syp
Rpp
Jmb
Gsb
Pls
Ptm
Bml
Jmb
sab
bbt
Abd
Mks
काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित
नयाँ संक्रमितमध्ये ३ हजार ११३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमित थपिएका छन् । स्रोत अनलाइन खबर
