
gms
sks
Rg-9
Ddh
Asm
jms
Ssbus
jmb
Gsbus
Bpb
smb
Ppu
Rus
Sys

Ln7
Ln9
Ln2
Ssb
Gsb
Ln1
Asm
Ln3
cks
Usb
Dps
Gg5
Hl1
Ln8
Rys
Tsb
Gg1
Sbs
bmj
kbs

Sml
Gg2
Gg6
Bpb
Rgu
Rss
Ksb
Snk
Nps
Sab
Jpb
ptl
Jab
Gg4
Sbs
Gg3
Gjl
काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् । यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित
नयाँ संक्रमितमध्ये ३ हजार ११३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमित थपिएका छन् । स्रोत अनलाइन खबर
